त्रि चन्द्र साहित्य समाज द्वारा गजल प्रतियोगिता सम्पन्न

त्रि चन्द्र बहुमुखी क्याम्पसमा त्रिचन्द्र साहित्य समाज द्वारा गजल प्रतियोगिता बिहिबार सप्पन्न भएको छ। सो कार्यक्रममा साहित्य समाजका सचिव मनिष भट्टले कार्यक्रम संचालन गरेका थिए। प्रमुख अतिथी भने वैचारिक आन्दोलनका एक प्रमुख अभियन्ता उपन्यासकार युग पाठकले गरेका थिए । कार्यक्रमको सभाध्यक्षता त्रिचन्द्र साहित्य समाजका अध्यक्ष विप्लव भण्डारीको रहेको थियो।

जसमा अतिथिहरु क्रान्तिकारीका ब.उपाध्यक्ष महेन्द्र चन्द,अखिलका संयोजक गोविन्द थपलिया ,क्रान्तिकारी (विप्लव)का अध्यक्ष रविन केसि रहेका थिय ।अखिलका सह-संयोजक सुनिल कडेल र क्रान्तिकारीका रविन केसिले कार्यक्रममा पुरस्कार सहयोग गरेका थिए।कार्यक्रमको प्रायोजन आइन्स्ट्यान एकेडेमी ,निम्बल एकेडमी ,ड्रिमल्याण्ड एकेडेमीले लगायतका कलेजले गरेका थिए।प्रमुख अतिथि सहित संगठनको प्रतिनिधिबाट मन्तव्य राखिएको कार्यक्रममा रचनाहरु बाचन गरिएको थियो।

प्रतिस्पर्धामा २८ जना विधार्थिको सहभागीता रहेको थियो।निर्णायक मण्डलमा चर्चित गजलकार रुपक बनबासी ,पुर्व सहायक क्याम्पस प्रमुख मदुसुधन गिरि,प्राध्यापक चन्द्र ब.श्रेष्ठ रहेका थिए।जसमा प्रथम स्थान अशोक विश्वकर्मा ,दोस्रो स्थान मुना बोहरा ,तेस्रो स्थान आशिष भण्डारी र सान्त्वना आयुष भट्टराईले हात पार्न सफल भए। कार्यक्रमका अध्यक्ष विप्लव भण्डारीले आफुलाइ पछाडी हट्ने छुट नभएको भन्दै अगाडि बढ्ने र साहित्यप्रेमी विद्यार्थीलाई गोलबन्द गर्ने बताए। आगामी दिनमा नयाँ साहित्यिक अभियान चलाउनुपर्ने त्यसमा लागि आफू सदैव लागि पर्ने धारणा व्यक्त गरे। थियो भने प्रमुख अतिथि युग पाठकले हामिमा भएको खराव संस्कार हटाए मात्र साहित्यप्रेमी हुनुमा अर्थ राख्ने बताए।

प्रकाशित मिति १२ पुष २०७५, बिहीबार २०:५३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस