बाँझो रहर फुलाउने र रिन तिर्ने आशमा ! मुटु छोडि आयको छु दिन फिर्ने आशमा ! – अर्जुन राज

!!गीत !!
बाँझो रहर फुलाउने र रिन तिर्ने आशमा !
मुटु छोडि आयको छु दिन फिर्ने आशमा !

झरी थियो आँखाभरी मुहार भरी बादल
सक्दिनथे उनलाई भन्न सम्हाल न आँचल
झोला भरी सपना र हिक्का थियो सासमा
मुटु छोडि आयको छु दिन फिर्ने आशमा !

मन थियो आगनमै जहाज आकासियो
आफ्नासँग टाढीदाको पिरले बतासियो
गाडीयको छु म आज बालुवाको भासमा
मुटु छोडि आयको छु दिन फिर्ने आशमा !
सैयाबाट २०७५ /१० /१२

गीतकार मोडल लेखक तथा मिडिया कर्मी अर्जुन राज हिजो आज गीत लेखनमा निकै नै अघि बढ्नु भयको छ। तिम्रो आचलमा जस्ता दर्जनौ चर्चित गित लेखिसकेका अर्जुन राज आजकाल विभिन्न म्युजिक भिडियो अनि चलचित्रमा समेत ब्यस्त देखिन्छन साथ छोटो समयमा चर्चित हाम्रो आफ्नै टि भि नामक youtube च्यानल पनि अर्जुन राजले नै सन्चालनमा ल्याउनु भयको छ

मपाइमा सधैं अघी बढेकाहरुले !
सडाय देश आँफै सडेकाहरुले !

उठाउलान कसरी समाजको स्तर ?
पथभ्रस्ट भै आँफै लडेकाहरुले !

जोगाउने रे समाजको रितीथिती
गाई खाने बिद्या पढेकाहरुले !

बदल्नुछ भन्छन दुनियाँ आँफै
कु सस्कार भित्र अडेकाहरुले !!
पुरानो डायरीबाट

रित्तिदै रित्तिदै जाउँला म भरिभरी हुनु तिमी !
म त मरिजान्छु होला अजम्बरी हुनु तिमी !

घोच्न र बिझाउन त काडाले पनि जान्दछ
बरु सक्छौ भने मखमली बांबरी हुनु तिमी !

खोया भयछु म तिम्रो नजरमा खिया भयछु
कोहिनुर हुनु तिमी अकबरी हुनु तिमी !

चोरिन्छन् हजारौ दिल यहाँ टुक्रिन्छन मुटुहरु
पहरा दिनुछ ति मनहरुलाई प्रहरी हुनु तिमी !

मर्छ दुनियाँ सुन्दतामा बिक्छ यसमै देब पनि
ईन्द्रकै आशन डग्मगाउने सुन्दरी हुनु तिमी !!
१० पौष २०७५

पत्थरको उदय र फूलको प्रलयको मौशम हो यो !
जिन्दगीले यही सिकायर गयको मौशम हो यो !

सम्झदा पनि कस्तो अचम्म लाग्छ यार मलाई
जो दुस्मन हो उसैसँग प्यार भयको मौशम हो यो !

उधारोमै फेरेको छु भाई आज सम्म सास पनि
हिसाब मिलाउन बाँकी रहेको मौशम हो यो !

आमाको कोखमै लात्ती हान्न सिकेको हुँ मैले
कसरी भन्छौ तिमी पराजयको मौशम हो यो ?

कुनै अवार्ड र पुरुस्कारको सपना नदेख्नु तिमी
चोरियको गीत अनी लयको मौशम हो यो !

तिमी मसँग कुनै कुराको पनि आश नराख्नु
आफ्नै मन पनि बशमा नभयको मौशम हो यो !!
पौष ८ २०७५ स्वनिवास ७।३८
रचना अनुमतिबिना प्रयुक्त गरियमा मुद्दा लाग्नेछ !!

प्रकाशित मिति १२ माघ २०७५, शनिबार २२:१५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस