मन्त्रीहरु हटाउन सहमति, को-को हट्ने भए ? (नामसहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल बीच मन्त्रीमण्डल हेरफेर गर्नेबारे घनिभुत छलफल भएको छ । मन्त्रीहरुको कार्यप्रस्तुतिको बारेमा मुल्यांकन गर्न ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भएको बताइएको छ ।

पछिल्लो समय सरकारविरुद्ध एक पछि अर्को प्रहार हुन थालेपछि दुवै अध्यक्ष मन्त्रीमण्डल हेरफेर गर्ने स्थितीमा पुगेका हुन् । स्रोतका अनुसार दुई अध्यक्षबीच चार मन्त्रीलाई तत्काल हटाउने सहमति भएको बताइएको छ । अर्थमन्त्री विज्ञ भनिएपनि  प्रभावकारी प्रभावकारी काम नदेखिएपछि प्रधानमन्त्री आफैले अर्थमन्त्री बनाएका डा युवराज खतिवडालाई पहिलो निशानामा राखेका छन् ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको भूमिकाप्रति पनि ओली सन्तुष्ट छैनन् । एकपछि अर्को विवादमा मुछिएका महासेठलाई ओलीले यसअघि पनि सच्चिनको लागि चेतावनी दिएका थिए । तर, महासेठले आफूलाई सुधार गर्नुको साटो झनै विवादित हर्कतहरु देखाएको प्रधानमन्त्रीको सचिवालयको निश्कर्ष छ ।

ओलीले हटाउने अर्को मन्त्रीको लिष्टको नाममा महासेठ दोस्रो नम्बरमा परेका छन् । त्यस्तै, ओली र प्रचण्डबीच भएको भद्र सहमतिअनुसार कृषिमन्त्री चक्रपाणि खनाल र युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई पनि फेर्ने तयारी भएको छ ।

प्रकाशित मिति ८ फाल्गुन २०७५, बुधबार ००:५८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस