नेकपाका शीर्ष नेताहरु धनगढीमा कारण छ यस्तो

अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु आज धनगढी आएका छन् ।

बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेलसहितका नेताहरु धनगढी पुगेका नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

भेलालाई नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताए । यसअघि आजै अध्यक्ष दाहालले धनगढीस्थित नेकपा सुदूरपश्चिम प्रदेश कार्यालय पुगेर निरीक्षण गरे ।

प्रकाशित मिति ८ फाल्गुन २०७५, बुधबार ०१:५२
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस