सन्दिप लामिछाने सहितका दर्जनौं खेलाडीलाई आइपिएल खेल्न प्रतिबन्ध

सन्दिप लामिछानेसहितका दर्जनौं खेलाडीलाई आइपिएल खेल्न प्रतिबन्ध लगाउन माग

काठमाडौं। सामाजिक संजालमा अहिले क्रिकेट फ्यानहरुले एउटा माग लिएर अभियान चलाइरहेका छन् । उनीहरुले पाकिस्तान सुपर लिग खेल्ने खेलाडीहरुलाई इण्डियन प्रिमियर लिगमा खेल्न प्रतिबन्ध लगाउनुपर्ने माग जोडदार रुपमा उठाइरहेका छन् । उनीहरुले भारतीय क्रिकेट बोर्ड बीसीसीआइलाई यो माग पूरा गर्न दबाब दिइरहेका छन् । यदि बीसीसीआइले उनीहरुले भनेजस्तो गरेमा नेपाली खेलाडी सन्दिप लामिछानेसहित दर्जनौं विदेशी खेलाडी प्रतिबन्धमा पर्नेछन् ।

जम्मु कश्मिरको पुलावामामा भएको आतंकवादी आक्रमणपछि भारतीय क्रिकेट फ्यानहरुले यस्तो माग उठाएका हुन् । अहिले भारतमा पाकिस्तान विरोधी आवाज निकै चर्को रुपमा उठिरहेको छ जसको क्रिकेट क्षेत्रमा निकै ठूलो प्रभाव परेको छ । पाकिस्तान सुपर लिगको प्रसारणकर्ता डी स्पोर्टसले भारतमा पाकिस्तान सुपर लिगको प्रसारण समेत बन्द गरेको छ ।

यस्तो अवस्थामा फ्यानहरुले पाकिस्तान सुपर लिग खेल्ने विदेशी खेलाडीहरुलाई आइपिएलमा प्रतिबन्ध लगाउन माग गरेका हुन् । अहिले पाकिस्तान सुपर लिगमा एबी डिभिलियर्स, आन्द्रे रसेल, किरन पोलार्ड लगायतका आइपिएलका सुपरस्टार खेलाडहिरु खेलिरहेका छन् । नेपाली खेलाडी सन्दिप लामिछाने समेत बिग बाश लिग सकेर पाकिस्तान सुपर लिग खेल्न जाँदैछन् । सन्दिप लाहोर कलन्दर्समा आबद्ध छन् जहाँ उनीसँगै स्टार खेलाडी एबी डिभिलियर्स छन् ।

प्रकाशित मिति ८ फाल्गुन २०७५, बुधबार ११:५९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस