no-image

इस्लामाबाद : भारतीय दुईवटा लडाकु विमानलाई हमला गरी खसालेको पाकिस्तानी सेनाले दावी गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता असिफ घफुरका अनुसार पाकिस्तानी सीमाक्षेत्रमा पुगेका दुईवटा भारतीय हवाइ लडाकु विमानलाई यहाँको सेनाले खसालेको हो ।

साथै एक पाइलटलाई अपहरण गरेको पनि उनको दावी छ । अमेरिकाले दुई देशबीच जारी रहेको द्वन्द्ध कम गर्न आग्रह गरेको भोलिपल्टै बुधबार पाकिस्तानी सेनाबाट यस्तो विज्ञप्ति जारी भएको हो । घफुरका अनुसार भारतीय दुई लडाकु विमान पाकिस्तानी आकासमा प्रवेश गरेपछि आक्रमण गरेको समाचार अलजजिरामा उल्लेख छ ।

प्रकाशित मिति १५ फाल्गुन २०७५, बुधबार १८:५५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस