बैज्ञानिकहरुले ३११ बर्स लगायर खोजे जो चिज चिनको ढलमा थियो। (भिडियो)

कायरो। इजिप्टको  राजधानी कायरोमा केही वर्ष पहिला आर्कियोलजिस्टले प्राचीन सभ्यतासँग सम्बन्धित एउटा विशाल मूर्ति फेला पारे। त्यो मूर्ति त्यहाँको सबैभन्दा चर्चित र लामो समयसम्म शासन गर्ने शासक राम्सेस द्वितीयको थियो। यो मूर्ति करिव तीन हजार वर्ष पुरानो भएको बताइएको छ। जुन मूर्ति २६ फिट लामो छ। यो मूर्तिलाई एक ढलबाट बरामद गरिएको हो।

जर्मन र इजिप्टका केही आर्कियोलजिस्ट विगत चार वर्षदेखि कायरोस्थित मटेरिया नामको बस्तीमा पुरानो सभ्यातासँग सम्बन्धित वस्तुको खोजीमा थिए। मार्च २०१७ को सुरुवातमा उनीहरुले त्यहाँको एक ढलमा मूर्तिको माथिल्लो भाग फेला पारेका थिए।

मटेरिया बस्तीमा हजार वर्ष पहिला हेलियोपोलिस नामको शहर थियो। इजिप्टको मान्यता अनुसार यही ठाउँमा सूर्य देवले संसारको रचना गरेका थिए। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार त्यहाँ प्राचीन सभ्यतासँग जोडिएका कयौं मूल्यवान चिज भएको अनुमान थियो।

केही हजार वर्ष पहिला जब रोमन साम्राज्यले यो ठाउँमा कब्जा जमायो, तब उनीहरुले धेरै भवन भत्काएर त्यो ठाउँमा नयाँ भवन बनाए। राजा राम्सेस द्वितीयको मूर्ति पनि शायद त्यही क्रममा तोडिएको हुनुपर्छ।

राजा राम्सेस द्वितीय इजिप्टका सबैभन्दा लोकप्रिय र लामो समयसम्म शासन गर्ने राजा थिए। उनी इसा पूर्व १२७९ (अर्थात ३३०० वर्ष पहिला) इजिप्टको गद्दीमा बसेका थिए। उनले करिव ६६ वर्षसम्म शासन गरेका थिए। उनलाई ‘राम्सेस द ग्रेट’ भनिन्थ्यो। प्राचीन इजिप्टको विस्तारको श्रेय पनि उनैलाई दिइन्छ।

प्रकाशित मिति २१ फाल्गुन २०७५, मंगलवार ०६:४१
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस