आईसीसी वरीयतामा बसन्त यथावत ! पारस र सोमपालले मारे फड्को

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपालका कप्तान पारस खड्का र फास्टर बलर सोमपाल कार्मीले आफ्नो वरीयतामा सुधार गरेका छन् । अफ स्पीनर बसन्त रेग्मी भने वरीयतामा यथावत रहेका छ । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार कप्तान पारस र बलर सोमपाल दुई विधाको वरीयतामा समावेस छन् भने बसन्त बलिंगतर्फमात्र समावेस छन् ।

आईसीसीको पछिल्लो वरीयतामा टी ट्वान्टी अलराउडरतर्फ पारस र सोमपालले सुधार गरेका छन् । करिअरकै उत्कृष्ट वरीयतामा अटाएका पारस अलराउण्डरतर्फ ३७ औं नम्बरमा छन्। उनी यसअघि ३८ औं नम्बरमा थिए । उनले एक स्थान सुधार गरेका हुन् । यस्तै सोमपाल पनि करिअरकै उत्कृष्ट वरीयतामा अटाउनेक्रममा ४९ औं नम्बरमा छन् । उनी यसअघि ५० औं नम्बरमा थिए ।

पारस ब्याटिंगतर्फको वरीयतामा भने दुई स्थान खस्केका छन् । यसअघि ९२ औं स्थानमा रहेका उनी पछिल्लो पटक ९४ औं स्थानमा पुगेका छन् । बलिंगतर्फ नेपालका दुई खेलाडी वरीयतामा समावेस छन् ।

फास्ट बलर सोमपाल र अफ स्पीनर बसन्त रेग्मी । बलिंगतर्फ सोमपाल यथास्थनमा रहँदै ७० औं नम्बरमा छन् भने यथास्थानमै रहेका बसन्त ७१ औं नम्बरमा छन् ।

टी ट्वान्टी ब्याट्सम्यानको शीर्षमा पाकिस्तानका बाबर आजम छन् भने दोस्रोस्थानमा न्यूजिल्याण्डका कोलिन मुनरो छन् । यस्तै बलिंगको शीर्ष स्थानमा अफगानिस्तानका राशिद खान छन् भने दोस्रो स्थानमा पाकिस्तानका शादब खान छन् । राशिद लेग स्पीनर हुन् भने शादब फास्ट बलर हुन् ।

यस्तै अलराउण्डरको शीर्षमा अष्ट्रेलियन ग्लेन म्याक्सवेल छन् भने दोस्रो स्थानमा बांगलादेशका शकिब अल हसन छन् । नेपाली टीम टी ट्वान्टीको १४ नम्बरमा ६ भने एकदिवसीयको १५ नम्बरमा छ । ओडिआई मान्यता पाएर टीम वरीयतामा समावेस भए पनि नेपाली खेलाडी ओडिआईको वरीयतामा अँझै समावेस भएका छैनन्

प्रकाशित मिति ४ चैत्र २०७५, सोमबार ११:३३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस