मन्त्री गोकर्ण बिष्टले दिए तीन करोड नेपालीलाई खुसीको खबर (भिडियो हेरौ)

मन्त्री गोकर्ण बिष्टले दिए तीन करोड नेपालीलाई खुसी नै खुसी, उहाँको महान कामको लागि एक सेयर गरौं

काठमाण्डोँ-क्वालालम्पुरको दैनिक उडान गर्दै आएको विमानसेवा एयर एसियाले यात्रु नपाएपछि चार महिनादेखि उडान नै बन्द छ । त्यस्तै नेपाल एयरलाईन्स र मलेसियन एयरलाईन्सले पनि आफ्ना उडानमा आधा कटौती गरेका छन् । नेपाली कामदार मलेसिया जान रोकिएको १० महिनाको अवधिमा करिब एक लाख नेपालीको त्यहाँको रोजगारी गुमेको छ । मुलुकको कुल रेमिट्यान्सको ३० प्रतिशत हिस्सा ओगटेको मलेसियामा नयाँ कामदार जान नपाउँदा ११ सय मध्ये ७ सय म्यानपावरको व्यापारसमेत चौपट भएको छ ।

जेठ २ गते सरकारले भिसा सहजीकरण गर्ने बिचौलीया कम्पनीलाई कारबाही गरेपछि मलेसियाको रोजगारी सहज हुने अपेक्षा थियो । तर एक वर्ष हुन आँट्दा पनि मलेसियामा रोजगारी खुल्ने छेक छैन । मलेसियामा रोजगारी खुलाउनका लागि विभागीय मन्त्रीले नसकेपछि प्रधानमन्त्री स्वयं कस्सिएका छन् । यही मेसोमा सरकारले कुटनीतिक संयन्त्र मात्र परिचालन गरेन, अनौपचारिक छलफलका लागि व्यवसायीहरुको टोली मलेसिया पनि पठाएको छ।

जसमा म्यानपावर व्यवसायीसमेत रहेका सत्तापक्षीय सांसद पनि छन् । श्रम मन्त्रालयले मलेसियाको रोजगारी खुलाउनेबारे केही नबोले पनि प्रधानमन्त्रीको सक्रियतामा भने भित्रभित्र काम भइरहेको छ । मलेसिया गएका सांसदहरुको टोलीका सदस्यले दुई सातामै मलेसियाको रोजगारी खुल्ने दाबी गरेर त्यसलाई पुष्टि गरिदिएका छन ।

अहिले पनि सुरक्षा गार्डका लागि मलेसियाले नेपाली कामदारलाई मात्र लिइरहेको छ । कात्तिक १२ मा भएको श्रम सम्झौतामा उसले कामदारका न्यूनतम सेवा सुविधा पूरा गर्न र शुन्य लागतमा कामदार जान सक्ने प्रतिबद्धता जनाईसकेको अवस्थामा मलेसियाको रोजगारी सुचारु नगर्ने हो भने मुलुकले निकै ठूलो नोक्सानी व्यहोर्नुपर्नेछ ।

भिडियो

प्रकाशित मिति ४ चैत्र २०७५, सोमबार १९:०३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस