केशब कटुवालको निर्देशनमा सबुज र सरिनाको रोमान्स “एकान्त मा” भिडियो सहित

केशब कटुवालको निर्देशनमा सबुज र सरिनाको रोमान्स “एकान्त मा” भिडियो सहित

गौरब पनेरु ,दुबई युएइ – एक दसक गीत संगीतमा बिताई सकेका परदेसी निर्देशकको रुपमा चिनिएका गीतकार,मोडल अनि चर्चित निर्देशक दिन प्रति दिन परदेश बाट नेपाली गीत संगीतको बजार फराकिलो पार्दै हुनुहुन्छ अहिले सम्म दर्जनौ गीतको भिडियो परदेशमा नै बसेर गरि सक्नु भएको छ।

भने परदेशमा हुने कथा बस्तुलाइ जस्ताको तेस्तै टिपेर लघु फिल्म बनाउन नि माहुर हुनु हुन्छ । आज तिनै चर्चित निर्देशित नेपाली पोप गीत “एकान्त मा”को भिडियो सार्वजनिक गर्नु भएको छ ।

गायक सुबि राइको स्वर,संगीत र शब्दमा रहेको “ एकान्त मा ” बोलको गीत दुबईमा नै कर्म गर्दै कलाकारितालाइ अगाडी बढाउदै आउनु भएका अति नै राम्रा अभिनय क्षमता भएका कलाकारहरु सबुज मगर र सरिना तामांगले अभिनय गर्नु भएको छ भने छायांकन र निर्देशक केशब कटुवालको रहेको छ ।

भिडियोको सम्पादन मिराज अर्यालले गर्नु भएको छ भने दुबईका विभिन्न रमणीय ठाउँमा शूटिंग गरिएको थियो र सम्पूर्ण सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद दिएका छन् र भिडीयो राम्रो बनेको र सम्पूर्ण दर्सक श्रोताले मन पराउनेमा ढुक्क भएको नि हामीलाइ कटुवालले बताउनु भो ।भिडियो युमा आर्ट युटुब च्यानल बाट बजारमा आएको छ ।

भिडियो हेर्न लिंक थिच्नु होला

 

प्रकाशित मिति ५ चैत्र २०७५, मंगलवार ०८:५८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस