गाउँगाउँमा जनसत्ता सरकार बनाउँदै विप्लव समूह, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने उद्घोष

गाउँगाउँमा ‘जनसत्ता’ सरकार बनाउँदै विप्लव समूह ” जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने उद्घोष”

सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरका’ बनाउन थालेको छ । ‘जनकारबाही’ लाई पनि ब्युँताएको भन्दै विप्लव समूहले ‘जनसत्ता’ भन्दै गठन गरेका जनसरकारलाई राज्यसत्तालाई निगरानीको बलियो शत्तिलको रुपमा प्रयोग गरिरहेको जनाएको छ ।

जिल्ला तहदेखि स्थानीय तहका वडासम्मै जनसकार गठन गरिएको जिल्ला जसरकार प्रमुख भगवानदास चौधरीले जानकारी दिए । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाएपछि गाउँगाउँमा स्थापना भएका जनसरकालाई झनै सक्रिय बनाइएको उनको भनाई छ । यो समाचार देवेन्द्र बस्नेतले नागरिकमा लेखेका छन् ।

आपराधिक क्रियाकलापपछि सरकारले प्रतिबन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षार्कीलाई गाउँमा प्रतिबन्ध लगाउँदै ‘लाठी लिएर लघार्ने’ उद्घोष विप्लव समूहले गरेको छ ।
विप्लव समूहका सबै नेता कार्यकर्ता भूमिगत भएका छन् । ‘हामीलाई सरकारले राजनीतिक प्रतिवन्ध लगाउने निर्णय गरेकाले हामीले पनि दलका नेताहरुलाई प्रतिबन्ध लगाउँछौं’ विप्लव समूहका नेता रेशम नेपालीले भने।

फोन सम्पर्कमा आएका नेता नेपालीले सरकारले आफ्ना पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएकाले अन्य दलका गतिविधिलाई पनि आफूहरुले प्रतिबन्ध लगाउने बताए ।

हामी छलफकै क्रममा रहेका छौं। जिल्लाको सांगठनीय अभियान सुदृढ बनाउँदै विकास निर्माणमा समेत सघाउछौं, नेपालीले भने, जनताको भावनाविपरित काम गर्नेलाई कारबाही गर्छौ । तर नेपालीले कस्तो कारबाही भन्ने चाहिँ खुलाएनन् ।

पार्टी नीति बन्दै गरेकाले तत्काल के गर्ने भन्नेमा निर्णय भइनसकेको भन्दै सो समूहले ग्रामिण भेगमा रहेका सरकारी प्रतिनिधिलाई खेद्ने रणनीति अख्तियार गरेको छ । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

प्रकाशित मिति ५ चैत्र २०७५, मंगलवार ०९:२५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस