ब्रेकिङ्ग :- अमेरिकामा पनि प्रचण्ड प्रतिको आक्रोस उच्च, प्रचण्डलाई मानवअधिकार उलधंनको आरोप (भिडियो)

अमेरिकामा पनि प्रचण्ड प्रतिको आक्रोस उच्च, प्रचण्डलाई मानवअधिकार उलधंनको आरोप लगाएर अमेरिकामा पक्राउ गर्न

अमेरिका – पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पत्नी र परिवारका केही सदश्य अमेरिका आईपुगेका छन् । दाहाल पत्नी सिताको, औषधी उपचारका लागि उनीहरु अमेरिका आएका हुन् । तर उनीहरुको भ्रमणलाई लिएर अमेरिकामा नेपाली समुदायले समाजिक संजाल मार्फत आक्रोस व्यक्त गरेका छन् । अमेरिकालाई गाली गर्दै भेनुजुयेलालाई समर्थन गर्दै विज्ञप्ति निकालेका प्रचण्डले त्यही वेला यहां वस्ने नेपाली समुदायको हितलाई वेवास्ता गरेका थिए ।

अमेरिका सवैभन्दा वढी नेपाली समुदायले स्थायी रुपमा बसोवास गर्ने देश हो । नेपालले प्राप्त गर्ने रेमिट्यान्समा अमेरिकाको सवैभन्दा वढी हिस्सा छ । गत आर्थिक बर्षमा मात्र अमेरिकावाट १ सय ७० अर्ब रुपैंया नेपाल गएको थियो । गाली गरेकै देशमा औषधी उपचारका लागि किन आउनु पर्यो भन्ने प्रश्न उठेको छ ।

माओवादीले २०५१ मा शुरु गरेको कथाकथित युद्धवाट पिडित भएका थुप्रै नेपाली अमेरिकामा छन् । प्रचण्डले नेतृत्व गरेको माओवादी पार्टीले युद्धभन्दै मारेका, आक्रमणमा परेका, चन्दा आतंकले सताईएका थुप्रै नेपाली अमेरिकामा छन् । उनीहरुले आफ्नो परिवारलाई किन मारियो, किन आफ्नो सम्पत्ति लुटियो प्रचण्डसंग अहिले सामाजिक संजालमा यसको हिसाव किताव मागिरहेका छन् ।

प्रचण्ड पत्नी सिता आफ्नो स्त्री र मदिरा लम्पट छोराको असमायिक मृत्यु पछि विछिप्त भएकी थिईन् । सन्तानको मृत्यु हुदां विछिप्त हुनु स्वभाविक पनि हो । तर, माओवादी युद्धमा कयौं आमाले सन्तान गुमाए, कयौंले आफ्ना बाबुआमा गुमाएका छन् । उनीहरुपनि विछिप्त भएका छन् ।

आफ्नो व्यक्तिगत सम्पत्ति छैन भनेर घोषणा गरेका प्रचण्डका परिवारको अमेरिकामा उपचार गर्ने आर्थिक हैषियत कसरी आयो ? यो पनि समाजिक संचालमा प्रश्न उठाईएको छ । माओवादी युद्धमा पिडित नेपाली समुदाय प्रचण्डलाई मानवअधिकार उलधंनको आरोप लगाएर अमेरिकामा पक्राउ गरोस भन्ने चाहेका छन् । केही न केही कारवाही उनलाई होस भन्नेहरुपनि छन् ।

फेरी पनि नेपाली राजदुत महामहिम अर्जुन कार्कीलाई अर्का शक्तिकेन्द्र प्रचण्डको अघिपछि हिड्ने मौका मिलेको छ । उनलाई व्यक्तिगत रुपमा यसले फाइदा गर्ला । तर, प्रचण्ड नेपालका लागि असफल र उपदेयता सकिएका नेताहुन् । उनी सत्तामा गएपनि अव देश विकास हुन्छ भन्ने आशा आमनागरिकमा छैन । बरु राजनीतिवाट सन्यास लिएहुन्छ भन्ने पक्षमा बहुमत छ ।

माओवादीका पुर्व नेता डा बाबुराम भट्टराई अमेरिका आउंदापनि नेपाली समुदायले आक्रोस व्यक्त गरेका थियो ।

नेपाल कम्युनिष्ट नामधारीहरुवाट पिडित देश हो । पंचायतकाल देखिनै कम्युनिष्टहरु नेपालको विकासमा वाधक वन्दै आएका थिए । दोहोरो चरित्र बोक्ने कम्युनिष्ट नामधारीका कारण देश गरिब पनि वन्यो । कम्युनिष्ट जहां छन् त्यहां गरिबी र अत्याचार छ । मानवअधिकार छैन । आधुनिकता पुगेको छैन । नेपालको जलस्रोतको उपयोगको सवालमा कम्युनिष्ट नै वाधक वने । आर्थिक उदारिकरण र नीजिकरणमा कम्युनिष्टहरुनै वाधक थिए । कम्युनिष्टहरु जनता धनीभएको देख्न चाहंदैनन् । आफु मात्र धनी हुं भन्ने उनीहरुको चाहना हुन्छ । अहिले नेपाल यसै वाट पिडित छ । कम्युनिष्टको भ्रमवाट देश जति चाडो बाहिर निस्कन्छ त्यत्ती चाडो नेपालको विकास हुन्छ । कम्युनिष्टको भ्रमवाट देशलाई छिटो वाहिर निकाल्नु नै अहिलेको आवश्यकता हो ।

प्रकाशित मिति ५ चैत्र २०७५, मंगलवार १३:१७
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस