no-image

बि स २०४५ सालको भुकम्प जादा राजा बिरेन्द्र आफै हिडेका थिए राहत बाड्दै, यो हेर्नुस दुर्लभ तस्बिर

काठमाडौं, ५ चैत । सोमबार बिहान काठमाडौंलाई भूकम्पको धक्काले राम्रैसँग हल्लायो । मकवानपुरको चित्लाङलाई केन्द्रविन्दु बनाएर गएको ४.१ रेक्टर स्केलको भूकम्पको धक्कालाई धेरैले महसुस गरे ।

सोमबार साँझ नै बैतडीमा एक घन्टाको फरक गरेर दुईचोटि भूकम्प गयो । २०७२ वैशाख १२ मा विनाशकारी भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा केही समययता भूकम्पको जोखिम अझै कायमै रहेको भन्ने समाचार आइरहेको छ । ०७२ सालमा गएको जस्तै भूकम्प आउने चर्चा चलिरहेका बेला सोमबारको भूकम्पले झन् चिन्ता बढाएको छ ।

अझै पनि ०७२ सालमा गएको भूकम्पबाट पीडितहरूले राहत पाउन सकेका छैनन् । यसबीचमा चारवटा सरकार परिवर्तन भइसकेका छन् । सरकारमा बस्नेहरूले अहिले भूकम्पले गरेको असर र क्षति बिर्सिसकेका छन् ।

यही क्रममा सामाजिक सञ्जालमा २०४५ भदौ ५ गते गएको भूकम्पले गरेको असर र राजा वीरेन्द्र आफैं घटनास्थल पुगेको तस्बिर सेयर भएको छ । सो तस्बिर काठमाडौं उपत्यकाकै कहीँको हुनुपर्छ ।

त्यसबेला ६ रेक्टर स्केलको भूकम्प गएको थियो । केही मानवीय क्षतिका साथै भौतिक संरचना भने धेरै भएको थियो । तस्बिरमा राजा वीरेन्द्र राहत बोकेर पीडितहरूलाई बाँड्न गएका थिए । त्यसको डेढ वर्षपछि त नेपालमा प्रजातन्त्र आइहाल्यो ।

प्रकाशित मिति ६ चैत्र २०७५, बुधबार ०८:४१
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस