पत्नी सिताको उपचार सकिए लगत्तै प्रचण्डले अमेरिका बाटै गरे यस्तो घोषणा

पत्नी सिताको उपचार सकिए लगत्तै प्रचण्डले अमेरिका बाटै गरे यस्तो घोषणा

अमेरिका , नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जीवनको अवको दशक नेपालको विकाशमा लगाउने बताउनुभएको छ । वासिंटन डिसीमा नेपाली समुदायसँगको भेटघाटकका क्रममा उहाँले अब आफ्नो जीव नको बाँकी कालखण्ड मुलुकको विकाशमा लगाउने बताउनुभएको हो ।६४ बर्षीय दाहालले आफ्नो जीवनको चालिस अगाडिको समय अध्यययनमा, त्यसपछिको दशक जनयुद्धमा र पचासको दशक शान्ति प्रकृयामा खर्चेको स्मरण गर्दै अब आफ्नो ध्यान मुलुकको वि काश र समृद्धितिरमात्र रहेको बताउनुभयो ।

पत्नी सिता दाहालको उपचारका लागि अमेरिका आउनुभएका दाहालले आइतबार झण्डै साढे घण्टा झण्डै ५० जनाको समुहमा रहेका नेपाली समुदायका विभिन्न व्यक्तित्वसँग भेटघाट र अन्तरकृया गर्नुभएको थियो ।भेटघाटको सुरुवातमा अमेरिकाका लागि नेपाली राज दूत डाक्टर अर्जुन कार्कीले उपस्थीत सबैको परिचय गराउनुभएको थियो । त्यसपछि उपस्थीतहरुले आआफ्नो भनाई समेत राखेका थिए । छलफलका क्रममा पूर्व प्रधानमन्त्री दाहालले अमेरिकामा रहेका नेपालीहरुको सिप दक्षता पनि नेपालकोे विकाशमा लगाउनुपर्ने बताउनुभयो ।

स्वास्थ्य उपचारका लागि सोमबार अमेरिका आउनुभएकी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सिता दाहालको उपचार सकिएको छ । दाहालको जोन हप्किन्स मेडिसिन र जर्जटाउन युनिभर्सिटी मेडिकल सेन्टरमा उपचार गरिएको दूतावास श्रोतले जानकारी दिएको छ ।मंगलबार बाल्टिमोरमा रहेको जोन हप्किन्स मेडिसिनमा पुष्पकमल दाहाल प्रचण्ड र छोरी गंगा दाहालका साथमा सिता दाहाललाई उपचारका लागि लगिएको थियो । त्यसपछि वासिंटन डिसीमा रहेको जर्जटाउन युनिभर्सिटी मेडिकल सेन्टरमा पनि चेक जाँच गरिएको थियो ।

सोमबार मेडिकल रिपोर्ट र औषधीहरु लिएपछि अमेरिकामा उपचारको क्रम सकिएको जनाइएको छ । झण्डै एकसाताको अमेरिका बसाई बिहिबार नेपाल पुग्नेगरी फर्कने कार्यक्रम रहेको छ ।थप उपचार आवश्यक परेमा सिता दाहाललाई छोरीका साथमा साथमा प्रचण्ड नेपाल फर्कने कार्यक्रम रहेको थियो । तर अस्पतालमा नै राखेर उपचार गर्न तथा तत्कालका लागि थप फ्लोअप आवश्यक नभएपछि सबैजना एकसाथ फर्कने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति १२ चैत्र २०७५, मंगलवार १८:३४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस