अध्यक्ष प्रचण्डकाे सम्बाेधन (भिडियाे) के भन्छन उनि ?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धन नेतृत्वको सरकारले भारत र चीन दुवै देशसँग असल सम्बन्ध स्थापित गरी अघि बढ्ने बताएका छन् ।

मायादेवी गाउँपालिकाको पकडीमा वाम गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधनमा उनले मुलुकभर वाम गठबन्धनको लहर देखेर नेपाली काँग्रेस अत्तालिएको बताए । वाम सरकार आए मुलुकमा अधिनायकवाद आउँछ भन्नु काँग्रेसको पराजित मानसिकताको उपज भएको उनको भनाइ थियो ।

मुलुकमा स्थिर सरकार बन्न नसक्दा राजनीतिक अस्थिरता र आर्थिक विकास हुन नसकेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले यसपटक वाम गठबन्धनको नेतृत्वमा स्थायी सरकार बन्ने दाबी गरे । काँग्रेसलाई पनि बृहत्तर लोकतान्त्रिक पार्टी निर्माण गरी अघि बढ्न आग्रह गर्दै उनले स–साना पार्टीलाई एकीकरण गरी अब मुलुकमा दुई वटा पार्टी मात्रै निर्माण गरिनुपर्ने बताए ।

हेर्नुस भिडियो

एभरेस्ट दैनिकबाट

प्रकाशित मिति १७ मंसिर २०७४, आईतवार १२:२६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस