नरगपालिकाकाे कम्प्युटरमा दिनभरी तास खेल्दै अधिकृतकी छोरी

नरगपालिकाकाे कम्प्युटरमा दिनभरी तास खेल्दै अधिकृतकी छोरी

सुनसरीको दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाको कुर्सीमा मंगलबार दिनभर एक बालिका कम्प्युटरमा तास खेल्दै बसेकी थिईन । यो दृष्य देखेर कार्यालयका कर्मचारीहरूले देखेर पनि नदेखे झै गरिरहेका थिए ।

अधिकृत ओझाको कुर्सीमा मंगलबार दिनभर ति बालिका कम्प्युटरमा तास खेल्दै बसिरहेकी थिइन । पछि बुझ्दा उनि प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाको छोरी रहेछिन् ।

काठमाडौबाट स्कुल बिदा मनाउन अधिकृतकी छोरी खुशी ओझा दुहबी आएकी रहेछिन् । अधिकृतले छोरीलाई कार्यालयमा छाडेर बाहिर गएका रहेछन् । सो क्रममा छोरीले ‘टाईम पास’ गर्न उनको कार्यकक्षको कम्प्युटर खोलेर चिप्स खादै तास खेलेकी रहेछिन् ।

केही सेवाग्राहीले भने उनले तास खेलिरहेको दृष्य कैद गर्दा पनि ति बालिकालाई कुनै वास्ता थिएन । लागथ्यो उनि आफ्नै घरमा कम्प्युटर चलाइरहेकी छिन् ।उनलाई कार्यालयमा आउने सेवाग्राहीले सोध्दा बाबाले नै खेल्नु भनेर भनेको बताईन । अधिकृतको कार्यकक्षमा यस्तो दृष्य देखेपछि सेवाग्राहीले पदको दुरुपयोग भयाे भन्दै आक्राेसीत भएका थिए ।

पुर्बेलीबाट

प्रकाशित मिति २१ चैत्र २०७५, बिहीबार ०३:११
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस