no-image

हाम्रै नेपालमा : नाली खन्दा गर्लयाम्मै भत्कियो दुइ तले पक्की घर (भिडियो)

काठमाडौ – म्याग्दीको बेनी नगरपालिका–४ उपल्लो बजारमा नाली खन्नेक्रममा घर भत्किएको छ । बिहीबार दिउँसो ४ः५० बजे नाली खन्नेक्रममा रमेश कार्कीको दुई तले कच्ची घर भत्किएको प्रहरी निरीक्षक धुर्व शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मानीवय क्षति नभएपनि भाडाकुडा, लत्ताकपडा लगायतका सामान पुरिएका छन् ।

दिउँसोको समय भएकाले मानीवय क्षति हुन पाएन निरीक्षक शर्माले भन्नुभयो क्षतिको विवरण संकलनका लागि प्रहरी घटनास्थलमा गएको छ । प्रहरीको मुचुल्का आएपछि यकिन हुन्छ । नाली खन्नेबेला सावधानी नअपनाउँदा घर भत्किएको स्थानीयको भनाई छ । पीडित परिवारले क्षतिपूर्तिको माग गरेका छन।

video 

प्रकाशित मिति २२ चैत्र २०७५, शुक्रबार १७:१६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस