एक युवा इन्जिनियरले दिए, रविन्द्र मिश्र हार्ने सात कारण

मेरो सामान्य बुझाई के हो भने, जसले बिगार्न सक्छ उसले बनाउन नि सक्छ । जसले आवस्यक ठानेर पद्धतिमा परिवर्तन गरे, उनैले परिवर्तित पद्धतिमा काम गर्न पाएनन भने जसले जति बोले पनि काम बन्दैन । एक रातमा देशको पल्लाभारी हुदैन ।

१. एक सिपाईले युद्द जित्दैन, युद्द जित्न योजना बनाउने, निर्देशन दिने र लड्ने सबै चाहिन्छ ।

२. जुन हामीले देख्ने सपना छ, त्यो तिनै राजनितिक दलले देख्न सिकाएका हुन, हामीले जे भोगीरहेका छौ , त्यो उनिहरुकै देन हो ।

३. जे भने पनि, हिजो अधिकारको कुरा यिनै दलले गरे, आज ढिलै भए पनि संविधान बनाए । चित्त नबुझेको कुरामा यिनीहरुले पनि अरुको खोईरो खने, आफ्नो नराम्रो देखे देखेनन तर अरुको देखिरहे । यसले राम्रो बाटोमा हिड्ने प्रजातान्त्रिक अभ्यास सुरु गरे ।

४. यिनिहरुले अस्थिर सरकारमा समस्या देखे , अहिले कम्तिमा दुई बर्षको बाध्यता आफै थोपरे ।

५. चुनाबमा प्रि-इलेक्सन अलाईन्स बनाए, यो स्वार्थ मात्र हैन, एक अर्का पार्टी र बिचारको सम्मान हो ।

६. अहिले प्रणालीको दोषबाट माथि बिकासको रटान लगाउदै छन, यो सुखद सुरुवात हो ।

७. हाम्रा शासकिय सम्यन्त्र भर्खर तन्ग्रिदै छन, भर्खर स्वायत्त ( धेरै अधिकार सहित भन्ने अर्थमा) स्थानीय निकाय बन्यो । यो दसकौ पछि भएको हो ।
कुनै भर्खर कोमाबाट होसमा आएको बिरामी दौडिदैन समय लाग्छ । अहिले बर्सौपछि बिकासका सुचक उकालो लाग्दैछन । हतार नगरौ, पुराना ठुला दलमाथी बीषमात्र बमन नगरौ । यिनिहरु देसलाई असाध्य अफ्ठ्यारो परिस्थितिबाट यहाँ सम्म ल्याएका हुन । यिनिहरुको यो ज्ञानलाई प्रयोगमा ल्याउन घच्घचाउ । सके सम्म कुनै दललाई बलियो बनाउने सोचौ जस्ले झन धेरै स्थिरता प्रदान गर्छ ।
सकारात्मक सोचौ , सकारात्मक बनौ ।

प्रकाशित मिति १८ मंसिर २०७४, सोमबार २०:०२
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस