आयो सारा नेपाली खुसि हुने खबर! प्रो कबड्डी, बैंगलुरु बुल्सले किन्यो २ नेपाली खेलाडी

भारतको चर्चित कबड्डी फ्रेन्चाइज लिग प्रो कबड्डीको अक्सनमा दुई नेपाली खेलाडीमाथि बोली लागेको छ । नेपाली राष्ट्रिय कबड्डी टोलीका खेलाडी सञ्जय श्रेष्ठ र विभागीय टोली त्रिभुवन आर्मीका लालमोहर यादवलाई ‘बैंगलुरु बुल्स’ले आफ्नो टिममा लिएको हो ।

सोमबार भएको अक्सनबाट उनीहरु दुवै जनाका लागि बैंगलुरुले जनही १० लाख भारतीय रुपौया (१६ लाख नेपाली रुपैयाँ) खर्च गरेको छ । प्रो कबड्डीको पहिलो संस्करणदेखि नै खेल्दै आएका सञ्जयले यसअघि पनि बैंगलुरुबाट खेलिसकेका छन् । उनले कबड्डीको चौथो र पाँचौं संस्करण बैंगलुरुबाट खेलिसकेका थिए भने उनलाई बैंगलुरुले सातौं संस्करणमा पुनः टिममा लिएको हो ।

 

सञ्जयले प्रो कबड्डीको पहिलो, दोस्रो र तेस्रो संस्करण ‘जयपुर पिङ्क प्यान्थर्स’बाट खेलेको बताएका छन् ।यसअघिका पहिलो, दोस्रो र तेस्रो संस्करण जयपुरबाट खेलेको थिएँ । चौथो र पाँचौ खेल बैंगलुरु र छैठौं संस्करणमा पुनेरी पल्टनबाट खेलेको हुँ । अहिले फेरि बैंगलुरुले यो सिजनका लागि निरन्तरता दिएको छ |सञ्जयले खबरहबसँग भने ।

 

प्रो कबड्डीमा ए, बी, सी र डी क्याटागोरीमा खेलाडीलाई विभाजन गरिएको छ भने नेपाली खेलाडी सी क्याटागोरीको अक्सनमा रहेका थिए । सी क्याटागोरीका खेलाडीको आधार मूल्य १० लाख भारु तोकिएको छ।यो संस्करणका लागि सोमबार मुम्बईमा अक्सन भएको हो । सञ्जयले १२ औं साफ च्याम्पियनसिपमा कबड्डी राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए ।’

प्रकाशित मिति २६ चैत्र २०७५, मंगलवार ११:४२
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस