सञ्चारमन्त्री बाँस्कोटाको खुलासाः सरकारको काम देखेर कांग्रेस आत्तियो!

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने काम गरिरहेको बताएका छन् । उनले सरकारको लोकप्रिय काम देखेर केही शक्ति भने अत्तालिएको टिप्पणी गरे । उनले नेपाली कांग्रेस र तराई मधेश केन्द्रित दलहरुलाई लक्षित गर्दै सरकारको कामबाट आत्तिएको टिप्पणी गरे ।

मुलुकको समग्र विकास र समृद्धिका लागि सरकारले जग बलियो बनाउन लागेको छ| जग बलियो भएपछि माथि जस्ता (छानो) हाल्ने काम हुँदै गर्छ लहानमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले भने कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको काम तीव्ररूपमा सरकारले अघि बढाएकाले अबको पाँच वर्षभित्र मुलुकमा ठूलो आर्थिक रुपान्तरण हुन्छ ।सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सङ्घीयता कार्यान्वयन र कानून निर्माणमा वर्तमान सरकार सफल भएको बताउँदै मुलुक समृद्ध बनाउने सरकारको कामको लोकप्रियता देखेर केही शक्तिहरु अहिले अत्तालिएको धारणा व्यक्त गरे ।

 

ती शक्तिलाई एक त हाम्रो दुईतिहाइ भएको पचेको छैन भने अर्कोतिर सरकारले गरिरहेको राम्रो काम मन पराएको छैन| त्यसैले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सरकारको आलोचना गरिरहेका छन्|सरकारप्रति बढेको आलोचनाको कटाक्ष गर्दै मन्त्री बाँस्कोटाले भने ।त्यस्ता आलोचनाप्रति सरकारले ध्यान दिएको छैन्, सरकारको ध्यान केबल अहिले विकास र समृद्धिमा केन्द्रीत रहेको छ| मन्त्री बाँस्कोटाले भने सरकार र आफ्नो पार्टीले सामाजिक रुपान्तरण र समृद्धिको योजना अघि सारेर त्यसै अनुरुप कामकारवाही अगाडि बढाएको छ ।

 

उनले कुनै पनि नेपालीलाई नागरिकताबाट बञ्चित गराएर अघि बढ्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै वैज्ञानिकपारदर्शी र वस्तुनिष्ट तरिकाबाट नागरिकता वितरण गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको बर्ताए ।कृषि र पर्यटनको विकासले मात्र समृद्ध नेपाल र सुखी नेपालीको सरकारी नारा सार्थक हुने भएकाले कृषि क्षेत्रमा देखिएको परनिर्भरता अन्त्य गर्नुपर्ने बताउँदै उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने गरी सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति ३० चैत्र २०७५, शनिबार १२:२४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस