no-image

काठमाडौँ  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ ।

विप्लव नेतृत्वको पार्टीले बैशाख ६ गतेबाट भने प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै सो पार्टीले आगामी बैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको हो ।

आफूहरुमाथि लगाइएको प्रतिबन्ध विरुद्ध प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने सो समूहले घोषणा गरेको हो। ओली सरकारको फासीवादी दमनको प्रतिरोध गर्न विरोधका कार्यक्रम घोषणा गरेको सो समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले आफुहरुको कार्यक्रमलाई अंकुश लगाई दमन गर्न खोजेको बिरोध गर्दै उनिहरुले बन्द घोषणा गरेका हुन्। सरकारले फागुण २८ गते राती देखी विप्लवको कार्यक्रम बन्द गराई ३५ दिन भित्रमा आत्मासमर्पण गर्न आदेश दिएको थियो।

 

प्रकाशित मिति ३ बैशाख २०७६, मंगलवार २२:११
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस