मौन अवधिमा पैसा बाँड्दै हिँडेका नेकपा एमालेका कार्यकर्ता पक्राउ पढ्नुस विस्तृत

मौन अवधिमा पैसा बाँड्दै हिँडेका नेकपा एमालेका कार्यकर्ता पक्राउ परेका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यलय पोखरियाले मौन अवधीमा पैसा बाँडन हिडेको भन्दै एमालेका कार्यकर्तालाई तीन लाख नगदसहित पक्राउ गरेको हो ।

पर्सा निर्वाचन क्षेत्र ३ का वाम गठबन्धका उम्मेवार राजकुमार गुप्ताका भाई अशोक प्रसाद गुप्तासहित दुई जनालाई पर्साको पोखरिया बजारमा रहेको एक पेटोल पम्पबाट पक्राउ गरेको सिमा सुरक्षा प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेहरुमा पर्सा बहुदरामाई नगरपालिका ६ फुलकवल निवासी बासु यादव, बृजेश पटेल लगाएतका रहेका छन् । उनीहरुले प्रयोग गरेको ना १ ह ९३३२ सवारी साधन समेत प्रहरीेले नियन्त्रणमा लिएको छ । पक्राउ परेका सवारी सधानमा एमाले पार्टीमा प्रचार–प्रसार सामग्री बरामद गरेको छ ।

टिभी अन्नपुर्णबाट

प्रकाशित मिति २० मंसिर २०७४, बुधबार २०:२७
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस