संखुवासभा समाज युएई को नयाँबर्ष शुभकामना तथा बनभोज कार्यक्रमा सम्पन्न फोटो फिचर सहित

नबराज कार्की,युएई- नयाँबर्ष २०७६ को अवसर पारेर संखुवासभा समाज युएईले शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रमा सम्पन्न गरेको छ। दुबई स्थित मम्जार पार्कमा आयोजित उक्त कार्यक्रमामा जिल्लाका हरेक क्षेत्रबाट युएई मा बसोबास गरीरहनु भएका र अन्य जिल्लाका आगन्तुक साथीहरु पनि सहभागी हुनुभएको थियो।समाजका अध्यक्ष रमेश तमु गुरुंग को सभापतित्वमा आयोजित कार्यक्रममा पहिलो चरणमा परिचयात्मक कार्यक्रम गर्दै खानपीन र मनोरंजनात्मक रुपमा अघि बढेको थियो।


अध्यक्ष लगायत समाजका बिभिन्न ब्यक्तिहरुले विस्वभर छरिएर रहेका संखुवासभालीहरु एकजुट हुनुपर्ने र जिल्लामा सामाजिक कार्यक्रमा लगायत अन्य विकासका परियोजनामा हामीले लगानी गर्नुपर्ने र पर्यटन क्षेत्रलाई सुधार गरेर आर्थिक रुपमा आफु र जिल्ला लाई सशक्त बनाउनु पर्ने धारणा राखेका थिए।

कार्यक्रमको अन्त्यमा अध्यक्ष गुरुंगले समाजको बिगतका कार्य र भावी कार्ययोजना बारे प्रतिबेदन प्रस्तुत गरी शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रमको समापन गरेका थिए।

प्रकाशित मिति ७ बैशाख २०७६, शनिबार १३:२५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस