आफ्नो ज्यानको प्रवाह नगरी नेपाली सेनाले शव संकलन गरेको (भिडियो हेर्नुहोस)

हरेक समय जनताको सेवामा सेना, आफ्नो ज्यानको प्रवाह नगरी नेपाली सेनाले शव संकलन गरेको साहसिक भिडियो (हेरेर सेयर गरौं)

हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री सहित सात जनाको शव स‌ंकलनका लागि सुरक्षाकर्मीले १८ घण्टा मेहनत गरे। मौसमी प्रतिकूलता र भौगोलिक विकटता शव संकलनमा ढिलाइको मुख्य कारण बन्यो। प्रतिकूल अवस्थाका बाबजुद नेपाली सेनासहितका सुरक्षाकर्मीले शव कसरी संकलन गरे त? हाम्रा सहकर्मी रमेश धमला र विनोद कोजुले घटनास्थल नै पुगेर तयार गरेको रिपोर्ट।

पहराको खोंचमा दुई ढुंगाको बीचमा हेलिकोप्टर छिरेको रहेछ ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनाको स्थलगत रिपोर्टिङ्‍का लागि घटनास्थल पुगेका थिए. कान्तिपुर संवाददाता रमेश धमला र क्यामरापर्सन विनोद कोजू। धमलाले जटिल भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण दुर्घटनापछि उद्दारको कार्य निकै कठिन भएको सुनाए ।

भिडियो हेर्नुहोस

प्रकाशित मिति ९ बैशाख २०७६, सोमबार ०१:१७
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस