पछिल्लो क्रममा नेपालको राजनीति कसले चलाउदै छ  ? पढ्नुस विस्तृतमा

नेपालको राजनीतिलाई हेर्ने हो भने केहि वर्ष देखि तिन जनाको हातबाट चलेको छ। आउनुहोस आज उनीहरुको बारेमा जानकारी लिउं ।

को हुन् शेर बहादुर देउवा 

शेरबहादुर देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए।

नेपाली काँग्रेसको बिभाजन पछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति थिए | काँग्रेस पुनर्मिलन पश्चात उनी आफ्नो पार्टी संगै नेपाली काँग्रेसमा गाभिएका छन्र। शेर बहादुर देउवा तीन पटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा जिल्ला क्षेत्र नं. १ र कञ्चनपुर जिल्ला क्षेत्र नं. ४ बाट संविधानसभामा प्रतिनिधित्व गर्नुहुन्छ। २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेदारी सम्हालिसक्नुभएको छ। उहाँ माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष हुनुहुन्थ्यो। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा ने.वि.संघका प्रथम सभापति हुनुहुन्छ र सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ। राजनैतिक संघर्षका क्रममा उहाँले नौ वर्ष जेलजीवन बिताउनुभएको छ। देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा “असक्षम”को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्ष पछि २०६१ सालमा देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए। पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गर्नुभएको थियो भने २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उहाँ वरिठ नेतामा स्थापित हुनुभयो। प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधै विजयी गराउँदै आएको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्. ए. गर्नुभएका देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ। ६० वर्षीय देउवा एक छोरा जयबिर देउवाका पिता हुनुहुन्छ र उहाँकी श्रीमती आरजु राणा देउवा पनि संविधान सभा सभासद् हुनुहुन्छ ।
को हुन् पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेपालका कम्युनिष्ट राजनीतिज्ञ तथा एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष हुन् । झण्डै १३ वर्ष भूमिगत जीवन बिताएका उनी २०६२-६३को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गरेका हुन्। संविधानसभा निर्वाचन २०६४ मा २ ठाउँबाट निर्वाचित उनी त्यसपछि नेपालको प्रधानमन्त्री बन्न पुगेका थिए। २०७३ साल साउन १९ गते दोस्रो पटक पनि प्रधानमन्त्रीको पद सम्भालेका छन् । संविधान सभाको चुनावमा उनी एक्ला उम्मेदवार भए पनि संसद्को बहुमतको आधारमा प्रधानमन्त्री घोषणा गरिएको थियो ।पढाईमा अब्बल दर्जा भएको पुष्पकमलमा राजनैतिक बीउ भने १० कक्षा पढ्दादेखि अङ्कुराउन थालेको हो। प्रचण्ड त्यो क्षण सम्झन्छन्, “पहाडमा खान नपुगेर तराईको पीडाले पनि परिवारमा मनोवैज्ञानिक असर परेकै थियो। त्यसमा पनि वरपरको वातावरण पनि पूरै कम्युनिस्टमय थियो। मेरै घरनजीक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता रहेछन्। उनले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिए। उनले नै रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका हुन्।” त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो। चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसियो। त्यस हिसाबले उनको राजनैतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको माने हुन्छ। भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए। ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे। उनको विश्लेषणमा, “लामाको चुनावप्रतिको मोह भएका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागियो। मोहनविक्रम नै मेरा विरूद्ध केन्द्रीय समितिमा यसरी नकारात्मक रूपमा प्रस्तुत हुनुभयो, पछि बाध्य भएर विद्रोह गर्नुपर्‍यो।”

को हुन् केपी शर्मा ओली ?

जन्म: विसं २००८ साल फागुन ११, प्रख्यात नाम: केपी ओली नेपालका पूर्व प्रधानमन्त्री र नेकपा (एमाले)का वर्तमान अध्यक्ष हुन्।उनि नेपालका ३८औँ प्रधानमन्त्री हुन् । यिनी विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत भएका छन् । ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका हुन्।खड्गप्रसाद ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो। २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए, त्यही वर्ष उनी जेल परेका थिए । ओली तत्कालिन नेकपा (माले) को संस्थापक मध्येका एक हुन्। पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए ।

ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए। विसं २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन् । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका छन्। हाल उनी नेकपा (एमाले)को संसदीय दलका नेता पनि हुन् ।

झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए। ओली झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परिक्षा (एसएलसी) उत्तिर्ण भए।

उनी भाषण गर्दा उखान-टुक्कालाई प्रयोग गरेर हाँस्यरसलाई मिसाउन खप्पिस छन् । ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन्।

विकिपेडियाबाट

प्रकाशित मिति २१ मंसिर २०७४, बिहीबार ११:१४
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस