भोट हाल्दा अलमलिए प्रचण्ड, सुरक्षा कर्मीले सिकाउनु पर्यो (भिडियो सहित )

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक आफैँलाई मतदान गरेका छन्। चितवनको शिवनगरस्थित शान्तिपुर आधारभूत प्राविबाट प्रचण्डले पहिलो पटक सूर्य चिन्हमा पनि मतदान गरेका हुन्।

एमालेसँग वाम गठबन्धन गरेपछि प्रचण्डले सूर्यमा मतदान गरेका हुन्। चितवन–३ ‘ख’ मा पर्ने सो क्षेत्रमा प्रदेश सभामा वामगठबन्धनको तर्फबाट एमालेका कृष्ण भुर्तेल उम्मेदवार छन्।

प्रचण्डले प्रतिनिधि सभामा आफ्नै लागि हँसिया–हथौडा र प्रदेश सभामा एमाले उम्मेदवार भुर्तेलका लागि सूर्यमा मतदान गरे।

यसअघि पाँच निर्वाचन क्षेत्र रहेको चितवनलाई यस पटक तीन निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ, यद्यपी प्रचण्डको गाउँ भीमसेननगर चाहिँ यसपटकपनि चितवन–३ मा नै परेको छ। ०६४ र ०७० को निर्वाचनमा यस क्षेत्रमा माओवादी केन्द्रबाट नारायण दाहाल उम्मेदवार थिए।

भीमसेननगर प्रचण्डको आफ्नो गाउँ हो। २०१९ फागुनमा कास्कीको ढिकुुरपोखरी लेवाडेबाट प्रचण्डको परिवार चितवनको भीमसेननगर बसाईं सरेको थियो। जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएपछि उनले भीमसेननगरबाट नै मतदान गर्दै आएका छन्।

उनि भोट हाल्दा अलमलमा परेको यो भिडियो दृश्यमा देख्न सकिन्छ

प्रकाशित मिति २१ मंसिर २०७४, बिहीबार ११:०९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस