सहयोगको अपिल र प्रचारप्रसार बिना बन्यो स्वर्ग जस्तै सुन्दर गोरखाको लाप्राक नमुना बस्ती

न त सहयोगको अपिल, न त कुनै प्रचारप्रसार, बन्यो स्वर्ग जस्तै सुन्दर गोरखाको लाप्राक नमुना बस्ती

गोरखा २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएका विभिन्न ठाउँका घर बस्ति उठाउन धेरैले सहयोगको आपिल गरे र सुन्दर नमुना बस्ति पनि तयार पारे । तर त्यहि विनाशकारी भूकम्पले तहसनहस बनाएको गोरखाको धार्चे गाउँपालिका-४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन लाप्राक नमुना बस्तीका लागि न त सहयोगको लागि आपिल गरियो नत कुनै मिडियामा नै प्रचार प्रसार गरियो।

तर उक्त नमुना बस्ति यति सुन्दर बन्दैछ कि जसलाई देखेर जो कसैलाई पनि मोहित बनाउँछ । लगभग ९५ प्रतिशत काम सम्पन्न भइसकेको बस्ती हस्तान्तरणको तयारी गरिंदै छ । यद्यपी मिती भने तय भइसकेको छैन। जसलाई गैर आवासीय नेपाली संघ(एनआरएनए) ले बनाएको हो ।

प्रकाशित मिति १० बैशाख २०७६, मंगलवार २३:१६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस