इङ्ल्यान्ड र वेल्समा मे ३० तारिखबाट सुरु हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पुरस्कार राशी सार्वजनिक गरिएको छ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी ले यही जेठ ३ गते एक प्रेस विज्ञप्ती जारी गर्दै पुरस्कार राशी घोषण
गरेको हो उक्त विज्ञप्तिअनुसार विजेता टोलीले ४० लाख अमेरिकी डलर पुरस्कार पाउने भएको छ यस पुरस्कार हालसम्मकै ठूलो भएको आईसीसीले जनाएको छ विश्वकपको उपविजेताले २० लाख अमेरिकी डलर पुरस्कार पाउनेछ सेमिफाइनलमा पुग्ने टोलीले आठ आठ लाख र
समूह चरणको विजेताले ४० हजार अमेरिकी डलर प्रापत गर्नेछन् व्यक्तिगत प्रतिस्पर्धाका विजेतालाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आईसीसीले जनाएको छ विश्वकपमा इङल्यान्ड भारत न्युजिल्याण्ड दक्षिण अफ्रिका अष्ट्रेलिया, पाकिस्तान श्रीलंका बंगलादेश वेष्ट इन्डिज र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । एजेन्सी
प्रकाशित मिति May 17, 2019