होटलको कोठमा युवतीसँग कैदी प्रहरी बाहिर पहरेदारी गर्दै  भिडियो सहित

धादिङ अपराध गरेर प्रमाणित भएमा सजायका लागि अभियुक्तलाई कारागारमा थुनिन्छ। कैद सजाय भुक्तान नहुन्जेल सम्म अभियुक्त उपचार बाहेक कुनै पनि अवस्थामा कारागारबाट बाहिर निक्लिन नपाउने नियम छ धादिङ कारागारका एक कैदी सदरमुकामका होटलमा मस्ती गरिरहेका भेटिए रोचक त के छ भने कारागारको कैदीलाई होटलको कोठाभित्र एक महिलासँग छाडिएको थियो कोठामा बाहिरबाट

ताल्चा लगाई कैदीलाइ होेटलमा पुर्‍याउने सादा पोशाकमा रहेका प्रहरी र कारागार सह नाइकेहरू बाहिर बसी रक्सी खाँदै पहरा दिइरहेका थिए जवर जस्ती करणीको अभियोगमा २०७० जेठ २३ गते जिल्ला अदालत धादिङबाट ११ वर्षको जेल सजाय सुनाइएका प्रेम तामाङ धादिङ कारागारका सहायक नाइकेमध्ये एक हुन् कारागारका चौकीदार र कारागार प्रशासनको मिलेमतोमा कैदी बाहिर भेटिएपछि

कारागारको सुरक्षामा प्रश्न उठेको छ ठूलैरकमको चलखेल गरी कारागारभित्रको कैदीबन्दीहरूलाई सुरक्षाकर्मी र चौकीदारको मिलेमतोमा मोजमस्तीको लागि बाहिर लैजाने गरेको तथ्य खुलेको हो। धादिङ कारागारमा लिामो समयदेखि टोक बहादुर तामाङ चौकीदार थिए। अहिले रुपेश चापागाँई चौकीदार छन् गम्भीर बिरामी भएको खण्डमा र कुनै विशेष परिस्थितिको लागि मात्रै कैदीबन्दी बाहिर पठाउने गरेको धादिङ कारागार

कार्यलयका निमित्त प्रमुख मदनकुमार श्रेष्ठले बताए
हामीले चिठीपत्र बनाएर सुरक्षाकर्मीहरूको जिम्मा लगाएर मात्रै बाहिर पठाउछौँ, श्रेष्ठले भने उपचारका लागि र विशेष कामको लागि गएका कैदीबन्दीहरू होटलमा भेटिए भने नैतिक जिम्मेवारी त कारागारको हुन्छ तर हामीले सबै जिम्मेवारी सुरक्षाकर्मीलाई दिएका हुन्छौँ उनीहरूको मिलेमतो हुन सक्छ यो खबर धादिङवाट अन्नपूर्णपोस्टमा मनीष दुवाडीले लेखेका छन्

प्रकाशित मिति ८ जेष्ठ २०७६, बुधबार १४:०४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस