पढाई  खर्च  का लागि बालबालिकाले काफल बेच्दै

उमा के सी रोल्पा रोल्पा नगर पालिका ८ जङ्कोटका १२ वर्षीय सीता वली शुक्रबार बेलुका काफल टिप्न जान्छिन् टिपेको काफल बिक्रीका लागि शनिबार बिहानै उनी सदरमुकाम तर्फ लाग्छिन् उनको घर जङ्कोटदेखि सदरमुकाम लिवाङ पुग्न करीब तीन घण्टाको पैदलयात्रा हिँड्नुपर्छ काफलको सिजन हो अहिले म प्रत्येक शुक्रबार यसरी नै काफल टिप्न जान्छु र शनिबार बजारमा लगेर बिक्री गर्छु उनले

भनिन् उनीसँगै काफल बेच्न आएकी सोही ठाउँकी कक्षा– ८ मा अध्ययनरत जमुना वलीले भनिन् बुबा आमा कृषि पेशा गर्नुहुन्छ, हामीले भने जती पढाइ खर्च दिन सक्नुहुन्न, यसरी काफल बेचेर कमाएको पैसाले हामी कापी कलम किन्ने र नास्ता खाने गर्दछौँ ।” घरमा आफ्ना अभिभावक बेरोजगार हँदा पनि सानो कक्षामा पढ्ने बालबालिकाले यो समस्या भोग्नु

परेको हो आफू सानै उमेरको हुँदा आमा अर्कैसँग विवाह गर्नुभयो रे बुबा कता हुनुहुन्छ पत्तै छैन काफल बेच्न सदरमुकाम आएकी कक्षा ७ मा अध्ययनरत सम्झना परियारले भनिन् पढ्ने मन त साह्रै हो।तर के गर्नु बुबा,आमा कसैको माया र साथ पाइन,तै पनि सङ्घर्ष गरेर पढ्ने प्रयास गरिरहेकी छु परियारको दुःखेसो छ आफन्त चमेली परियारको घरमा बसेर उनी अध्ययन गरिरहेकी छिन् यी त केही उदाहरण मात्र हुन् अहिले काफलको सिजन हो जिल्लाका अधिकांश जङ्गल क्षेत्रमा काफल पाइने गर्दछ शुक्रबार दिउँसो काफल टिप्न जाने अनि शनिबार बिहानै बजारमा पु याएर बिक्री गर्ने अधिकांश

रोल्पाली बाल बालिकाको अहिले दैनिकी जस्तै बनेको छ। काफलको सिजन छसबैले हामी जस्तै गरी काफल बेच्न जान्छन्, भने जति भाउ पाइदैन, सहजै बिक्री पनि हुँदैन टुडिखेलमा काफल बेच्दै गरेकी जङ्कोट आधारभूत विद्यालय कक्षा ७ मा पढ्ने चमेली परियारले भन्नुभयो पहिलो पटक आउँदा त १५ रुपैयाँको एक गिलास पनि बेचियो यसपाली १० रुपैयाँको एक गिलास पनि बिक्री भएन अब के गर्ने र घर फर्काएर लाने त होला” परियारले भनिन शनिबार सदरमुकामका बजार बन्द हुने र स्थानीय सरकार गठन भएसँगै बजारमा देखिएको चहलपहलको कमिका कारण पनि ती बालबालिकाले बिक्रीका लागि ल्याएको काफल बिक्री हुन नसकेको स्थानीय व्यापारी रामकुमार केसीले बताउनु भयो

अरु दिन काफल बिक्री गर्न आउ भने पढाइ छुट्छ शनिबार बिक्री गर्न आउँदा बिक्री नै हुँदैन उनीहरुको गुनासो छ आफूहरुलाई खर्च नपुग्दा पढाइमा समस्या परेको गुनासो समेत गरेका छन् आफू हरुको पढाइ समेत प्रभावित भए पनि खर्च जुटाउनका लागि काफल बिक्री गर्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ रोल्पामा दुई लाख २४ हजार ५०६ जनामध्ये करीब तीन हजार २०० घरधुरी गरीबीको रेखामुनी रहेका छन् गरिबीकै कारण जिल्लामा एक हजार ७०० बालबालिका विद्यालय बाहिर रहेका छन् यसभित्र पनि असाहय र अनाथ बालबालिका सबै भन्दा बढी मारमापर्ने

गरेका छन् साँझ बिहान एक छाक जुटाउनकै लागि भए पनि अधिकांश बाल बालिका इँटाभट्टा होटेल पसलमा श्रम गर्न बाध्य छन् ।शिक्षा र बालबालिकाको क्षेत्रमा जिल्लामा विभिन्न सङ्घ, संस्थाले काम गरिरहे पनि अझै धेरै सङ्ख्यामा बालबालिका विद्यालय बाहिर रहेका छन् विद्यालय बाहिर रहेका बाल बालिकालाई शिक्षाको पहुँचमा ल्याउनका लागि र गरिबीकै कारण विद्यालयमा भर्ना भए पनि कापीकलम जुटाउनका लागि भए पनि काफल बेच्नु परेको अवस्थाको अन्त्यका लागि स्थानीय प्रदेश र सङ्घीय सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ रासस

प्रकाशित मिति ८ जेष्ठ २०७६, बुधबार १४:५०
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस