काठमाडौमा सुन पसलको सटर फोड्दै गर्दा भारतीय चोर पक्राउ

काठमाडौ ८ जेठ कागेश्‍वरी मनोहरा नगरपालिका६ मुलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटरको ताल्चा फोड्दै गरेको अवस्थामा प्रहरीले सात जना भारतीय नागरिकलाई पक्राउ गरेको छ भारत मोतीहारी घोडा सहनी घर भई हाल सोही स्थानमा सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डु कुमार सहित ७ जनालाई मंगलबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ महानगरीय प्रहरी विट

मुलपानीबाट खटिएको प्रहरीले उनीहरुलाई ताल्चा फोड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो उनीहरुको साथबाट सुन जस्तो देखिने पहेँलो धातु अन्दाजी २२ लाल चाँदी जस्तो देखिने सेतो धातु २ केजी, सटर काट्न प्रयोग गर्ने सलाई रेन्च २ थान तथा करिब १ लाख ४९ हजार रुपैयाँ बराबरको चोरी गरेको धनमाल समेत प्रहरीले बरामद गरेको छ पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध लगिएको प्रहरीले जनाएको छ।पाँचथर पाँचथरको मिक्लाजुङ्मा भएको ९ जनाको हत्याको घटनामा मृतक परिवारकै ज्वाइँको संलग्नता

हुन सक्ने आशंका गरिएको छ मानबहादुरको ससुराली परिवारसँग सम्बन्ध राम्रो थिएन यही विवादका कारण हत्या भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानलाई त्यतै तिर केन्द्रित गरेको छ दुई परिवारको ९ जनाको हत्या
गरिएकोमा एक बालिका सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन् । सीताले प्रहरीलाई दिएको बयानमा एक जना मात्र नकाबधारी आएको र ढोका खोल्नासाथ आक्रमण गरेको बताएकी थिइन् ।उनले प्रहरीलाई आक्रमणकारीको हुलिया समेत बताएकी थिइन् उनले बताएको हुलिया झुण्डिएको अवस्थामा शव भेटिएका मानबहादुरसँग मिल्छ मानबहदुरकी श्रीमतीले उनीसँग सम्बन्धविच्छेद गर्न चाहेकी थिइन् तर मानबहादुर यसका लागि तयार थिएनन्आ फ्नी श्रीमतीलाई

ससुराली परिवारले नै सम्बन्धविच्छेदका लागि उक्साएको उनलाई लाग्थ्यो त्यसैले उनी ससुराली परिवारसँग रुष्ट थिए यही विवादका कारण उनैले हत्या गरेर पछि आफूले पनि आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ५ जनाको हत्या भएको परिवारमा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको हो ।त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया

मनकुमारी फियाकको पनि हत्या भएको छ सीता खजुम भागेर बाँच्न सफल भएकी थिइन् शेर्मा र फियाक नाताले ज्वाइँ ससुरा हुन् मृत्यु भएका बमबहादुर फियाकका ज्वाइँ मानबहादुर मोखिमले नरसंहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ

प्रकाशित मिति ८ जेष्ठ २०७६, बुधबार १५:०३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस