आफ्नै साथि लाई मदिरा पिएर झगडा १३ हजार र मोवाइलको लोभमा हत्या

बुटवल दुई दिनअघि मृत फेला परेका कपिलवस्तु वाणगंगा नगरपालिका ६ का युवकको हत्या उनकै साथीहरुले गरेको खुलेको होटलमा मदिरा खाँदा उत्पन्न भएको सामान्य विवादपछि २७ वर्षका चिरञ्जीवि आचार्यको हत्या भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो आचार्यको जेठ ६ गते रुपन्देहीको सैनामैनामा रहेको शितलापुर सामुदायिक वनमा भेटिएको थियो प्रहरी अनुसन्धानका क्रममा १३ हजार र एम थान मोवाइलकै कारण आचार्यको हत्या भएको खुलेको छ

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले सो घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको बताए आचार्यसहित ५ जना वाणगंगा नगरपालिका ६ लक्ष्मणघाट छेउको एक रेष्टुरेन्टमा बसेर मदिरा पिउने क्रममा मोवाइल र १३ हजार रुपैयाँको विषयमा विवाद भएको थियो मदिराकै तालमा एउटाले मोवाइल हराउछ, अनि एकले अर्काेलाई चोर दोष लगाउने गर्दागर्दै विवाद बढेको थियो विवाद भएपछि आचार्यकै मोटरसाइकलमा ३ जना चढेर

सालझण्डी आएको र जंगलमा ढुंगाले हानेर हत्या गरी भागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ इलाका प्रहरी कार्यालय बुटवलले हत्या आरोपमा कपिलवस्तु बाणगंगा ६ का २० बर्षका राजु बिक, ३३ वर्षका रमेश बिक, २८ बर्षका गोपाल खनाल २४ बर्षका बसन्त खत्रीलाई पक्राउ गरी

सार्वजनिक गरेको हो राजु र रमेश घटनाका मुख्य योजनाकार भएका प्रहरीको भनाइ छ । मोटरसाइकलमा ल्याएर ढुंगाहान्ने र जंगलमा फाल्ने काममा दोषी देखिएका छन् गोपाल र बसन्तले आचार्यको शव कहाँ फाल्ने भन्ने योजना बनाएका हुन् आचार्यको हत्यापछि मोटरसाइकललाई बाणगंगा १ मा रहेको खायरखानी जंगलमा लगेर चारै जना भागेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए

प्रकाशित मिति ८ जेष्ठ २०७६, बुधबार २१:०७
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस