रबिले चक्लेट बाडेर या मासु भात खुवाएर सर्वसाधारण उनको पक्षमा उभाएका होइनन् ,जसले अन्तिम भिडियो सार्वजनिक गर्यो त्यो मान्छेलाई पुलिसले अनुसन्धानका लागि समाउनु पर्छ कि पर्दैन ?

उत्तम निरौला लेख्नुहुन्छ मैले नबुझेक‍ो कुरा :
१. मृतकक‍ो शरिरको पोष्टमार्टम रिपोर्ट आउनु पर्छ कि पर्दैन ? कुनै डाक्टरले बैधानिक रिपोर्ट देखाउनु पर्छ कि पर्दैन ?

२. जसले अन्तिम भिडियो सार्वजनिक गर्यो त्यो मान्छेलाई पुलिसले अनुसन्धानका लागि समाउनु पर्छ कि पर्दैन ? उसको अनुसन्धान हुनुपर्छ कि पर्दैन ?

३. जुन होटलमा काण्ड मच्चिएको थियो त्यो होटलको मालिक र कर्मचारीहरु अनुसन्धानका लागि समाउनु पर्छ कि पर्दैन ? तिनीहरुबाट सत्यतथ्य खोतल्नु पर्छ कि पर्दैन ?

४. यदि नेपालको अनुुसन्धान व्युरो त्यति बिघ्न उत्कृष्ट छ भने अनुसन्धान गर्ने तरिका माथि सर्वसाधारण प्रश्न खडा गर्न पाउने कि नपाउने ?

५. RTI अर्थात् Right To Information अधिकार हरेक नागरिकलाई हरेक देशमा हुन्छ। त्यो सार्वजनिक भएको भिडियोमा सर्वसाधारणले गरेको शंका माथि देशको अनुसन्धान बिभागले उत्तर दिन सक्नु पर्छ कि पर्दैन ?

५. अब मानिस हिजोको अवस्थामा छैनन् । समाचारमा मिडियाकर्मीले जे जे भनेर भट्याउँछन् त्यै त्यै पत्याउँछन् भनेर नसोच्दा हुन्छ। देशको न्यायपालिका माथि शंका गर्छन् जनता किन कि त्यो कुर्सीमा पनि राजनीतिक प्रकरणबाट जो कसैले पद धारण गरेको अवस्था छ देशमा ! जब जनमानसको भावनाको कदर हुन्न देशमा तब सोचे भन्दा फरक घटना घट्न बेर लाग्दैन । सरकार यो कुरामा गम्भीर बन्नु पर्छ कि पर्दैन ?

६. कसले भन्यो लामिछाने भगवान् हुन् भनेर ? मान्छेे नै हुन् तिनी । को बन्यो अन्धोभक्त उनको ? आम मानिसले उनले गरेको कामको प्रशंसा गरेका हुन् । यो बाट एउटा नेताले सिक्नु पर्दैन ? आखिर राम्रो काम गर्दा आम मानिसले भगवान् सरह इज्जत गर्दा रहेछन् भनेर जान्नु पर्दैन ? लामिछानेले चक्लेट बाडेर या मासु भात खुवाएर सर्वसाधारण उनको पक्षमा उभाएका होइनन् ।

जनताले उनले गरेको कामको प्रशंसा गरेका हुन् । भ्रष्ट , दलाल र घुसखोरीहरुको पछि लागेका हुन् लामिछाने जसका कारण सम्पूर्ण राज्य शक्ति उनको विपक्षमा उभिएको अनुभुति आम मानिसले बुझेका छन् किन कि देश भ्रष्ट र दुष्टहरुकै सञ्जालमा सञ्चालित छ। यदि लामिछाने अपराधी हुन् भने स्विकार्नु सिवाय अरु केही बिकल्प छैन तर उनलाई मात्रै एकोहोरो अनुसन्धान गर्नु भन्दा पहिला भिडियोको स्रोत , भिडियोमाथि अनुसन्धान र होटलवालाको अनुसन्धान लाई सार्वजनिक गर्न सक्नु पर्छ।

उत्तम निरौलाको फेसबुकबाट साभार

प्रकाशित मिति ३२ श्रावण २०७६, शनिबार ११:१०
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस