पुडासैनी भिडियो प्रकरण : ३ जना विरु*द्ध निकिताको जाहेरी

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आ त्म ह त्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले पनि प्रहरीमा जाहेरी दिएकी छिन् ।

प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरु*द्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी हुन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गरेको निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले जानकारी दिए ।

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झु ण्डिएको अवस्थामा मृ* त फेला परेका थिए ।

उनलाई आ*त्मह*त्या गर्न दुरु*त्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित  पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्रा उ अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार १४:१३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस