खेमले रविलाई ‘मसँग भिडेर हेर्नुस्’ भन्दै दिए यस्तो चुनाैती

काठमाडौँ -चर्चित संचारकर्मी रवि लामिछानेले हिरासतबाट धरौटिमा रिहा भए लगत्तै चितवनका आफ्ना सर्मथक र शुभचिन्तकहरुलाई सम्बोधन गर्दै आँफु राजनीतिमा पनि आउन सक्ने संकेत गरेपछि पत्रकार खेम भण्डारीले रविलाई चुनावमा आँफुलाई जितेर देखाउन चुनौती दिएका छन् ।

कन्चनपुरका पत्रकार भण्डारीले आगामी निर्वाचनमा सुदूरपश्चिमको कुनै पनि निर्वाचन क्षेत्रबाट चुनाव लड्न चुनौती दिएका हुन् । उनि महेन्द्रनगरबाट प्रकाशित हुने ‘दैनिक मानसखण्ड’ का सम्पादक समेत हुन्।

भण्डारीले फेसबुकमा लेखेका छन् “रवि लामिछानेले राजनीति गर्ने मुड बनाएछन् । देश बनाउनु छ भने राजनीति नै गर्नुपर्छ । लौ रविजी आउनुस १ आगामी निर्वाचनमा सुदूरपश्चिमको कुनै पनि निर्वाचन क्षेत्रबाट मसँग भिडेर हेर्नुस् ”

प्रकाशित मिति ११ भाद्र २०७६, बुधबार ०९:२१
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस