गरिब, किसानका आमाबुबा कहिल्यै वृद्धाश्रम पुग्दैनन् – हिमानी शाह

काठमाडौं / पूर्व युवराज्ञी हिमानी शाह आफ्नो फेसबुक पेजमार्फत् विभिन्न भावनाहरु पोखिरहेकी हुन्छिन्। अधिकांशमा उनका स्टाटस सकारात्मक चिन्तनका हुन्छन् भने कहिलेकाही परिवारका सदस्य तथा आफ्नो गतिविधि समेटिएका तस्बिर सार्वजनिक गर्नेगर्छिन्।पछिल्लोपटक उनले वृद्धाश्रमको स्थितिका बारेमा आफ्नो भावना पोखेकी छिन्, जसमा उच्च घरानाका वृद्ध बाबुआमा वृद्धाश्रममा भेटिने तर सामान्य परिवारका बाबुआमा वृद्धाश्रममा नहुने उल्लेख गरेकी छिन्।

उनले फेसबुक स्टाटसमा भनेकी छन्–

यदि तपाईं वृद्धाश्रममा जानु भयो भने त्यहाँ वृद्धहरूलाई सोध्नुहोस कि तपाईंको छोरा के गर्छ? तब जवाफ मिल्नेछ कि मेरा छोरा अफिसर हो, डाक्टर हो, वकिल हो, इन्जिनियर हो, टिचर हो।

तर तपाईंलाई एउटा पनि यस्तो वृद्ध मिल्नेछैन, जसले भन्दछ मेरो छोरा किसान, अनपढ, मजदूर या गरिब हो.. किनकि गरिब किसान मजदूरको आमाबुबा कहिल्यै वृद्धाश्रम पुग्दैनन्।’

 

प्रकाशित मिति ११ भाद्र २०७६, बुधबार १०:११
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस