Important Notice For Facebook Entrepreneurs
यदी तपाईंले अहिले प्रयोग गरिरहनु भएको फेशबुक अकाउन्टको ईमेल अथवा फोन नम्बर तपाईंको नियन्त्रणमा छैन भने कृपया जती सक्दो चांडो त्यस्लाई परिवर्तन गरेर आफुले चलाई राखेको फोन अथवा ईमेल राख्नु होला । अहिले ह्याकरहरुको तार्गेटमा सबै भन्दा पहिला {yahoo } को ईमेल राखेर भुल्नेहरु पर्छन ।
ह्याकरले के गर्छ ?
पहिला तपाईंको अकाउन्ट एक्सेस गर्छ , तपाईंलाई लग आउट गर्दैन त्यसकारण तपाईंलाई थाह नै हुँदैन । तपाईंले म्यानेज गर्नु भएका पेजहरु हेर्छ र तपाईं लगाएत सम्पूर्ण एड्मिनलाई analyst अथवा advisor मा चेन्ज गर्छ । यस्तो गर्दा तपाईंलाई नोटिफिकेशन आउँदैन । यसरी तपाईंले थाहा नै नपाई तपाईंका सबै पेज हरु ह्याक हुन्छन ।
मुख्य कुरा
यदी तपाईंको महत्वपूर्ण पेजहरुमा जुन सुकै ब्याक्ती एडमिन छ र उसको फेशबुक अकाउन्टको ईमेल अथवा फोन नम्बर उसको नियन्त्रणमा छैन भने तपाईं बलियो भए पनि उस्को कारण पेज ह्याक हुन्छ ।
गर्ने के ?
आफ्नो अकाउन्ट माथि भने बमोजिम सुरक्षित गर्ने । महत्वपूर्ण पेजमा एडमिन भएका अरुलाई पनि त्यो गर्न भन्ने । फेक अकाउन्ट एड्मिन छ भने तुरुन्त हटाउने ।
– Team
Soft Crunch