ऋषी धमला फेरी विवादमा, श्रीमतीलाई खुट्टाको पानी खुवाउँदै गरेको भिडियो सार्वजनिक

काठमाडौं। टेलिभिजन प्रस्तोताको रुपमा चर्चा कमाएका ऋषी धमला फेरी विवादमा तानिएका छन् ।

कुनै समय राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई ‘उल्लु प्रश्न’ सोधेर विवादमा आएका धमला फेरी आफ्नै श्रीमतीलाई खुट्टाको पानी खुवाएर विवादमा आएका छन् । हरितालिका चिजको दिन उनकी श्रीमतीलाई खुट्टा ढोगाउँदै खुट्टाको पानी समेत खुवाउँदै गरेको तस्विर सामाजिक सञ्जालमा भेटिएको छ ।

त्यति मात्रै होइन उनले पत्निलाई खुट्टाको पानी खुवाउँदै गरेको भिडियो समेत भेटिएको छ । धमला पत्नि एलिजा गौतमले उनको खुट्टाको पानी खाइरहेकी छिन् । गौतमको व्यक्तिगत चाहानाले खुट्टाको पानी खाएको भएता पनि सामाजिक सञ्जालमा भने धमलाको आलोचना शुरु भएको छ ।

भिडियो

प्रकाशित मिति १७ भाद्र २०७६, मंगलवार ११:२१
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस