ब्रेकिङ्ग : एटीएम प्रकरणमा ३ जना नेपाली समेत प’क्राउ / हेर्नुहोस।

काठमाडौं । चिनियाँ ह्या कर समूहले बोकेको डलर साट्ने कार्यमा संलग्न मनि एक्सेन्जका ३ नेपालीलाई प्रहरीले प क्राउ गरेको छ । उनीहरूलाई काठमाडौं प्रहरीले प क्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले उनीहरुलाई केही सोमबार दिउँसो ठमेलबाट प क्राउ गरिएको पुष्टि गरे ।

महानगरीय प्रहरीपरिसर काठमाडौंको विशेष टोलीले चिनियाँ टोलीले २९ लाख ९९ हजार रुपैयाँबराबर अमेरिकी डलर साट्ने दुई मनि चेञ्जरका सञ्चालक र प्रबन्धकलाई प क्राउ गरेको हो । परिसरका अनुसार ठमेलमा रहेको डेक्सो मनि चेञ्जर र नेपालय मनि चेञ्जरले अनधिकृत रुपमा चारजना चिनियाँलाई २८ हजार ८ सय ६२ अमेरिकी डलर सटही गरिदिएका थिए। नेपाली रुपैयाँ सस्तोमा किनेर महंगोमा डलर बेच्ने डेक्सोका सञ्चालक वेदनाथ लामिछाने र नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठलाई प्रहरीले प क्राउ गरेको हो। घ टनामा प्रत्यक्ष संलग्न रहेका नेपाललयका प्रबन्धक रेवती दवाडी समेत प क्राउ परेका छन्

शनिबार प क्राउ परेका पाँच जना चिनियाँ नागरिकको बयानका आधारमा एटीएमबाट पैसा चोरेर भाग्दै गर्दा आइतबार साँझ एकजना चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट प क्राउ परेका थिए । अन्य दुई जना भने फ रार छन् । डीएसपी बोगटीले घ टनाबारे थाहा हुँदाहुँदै पनि उनीहरुले पैसा साटेर चिनियाँ नागरिकलाई भगाएको पाइएको दावी गरे । हालसम्म विभिन्न बैंकको एटीएम सिस्टम ह्या क गरी पैसा चोरी गर्ने ९ जना प क्राउ परेका छन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति १७ भाद्र २०७६, मंगलवार १३:१४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस