विप्लव ‘क्रान्तिकारी’ ले भारतीय हस्तक्षेपविरुद्ध यसरी उडाई’दियो / भिडियो हेरौ।।

विप्लव निकट ‘क्रान्तिकारी’ ले भारतीय हस्तक्षेपविरुद्ध संघर्ष गर्ने

बर्दिया । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले पूँजीबादी शिक्षा प्रणालीको विकल्पमा बैज्ञानिक समाजबादी शिक्षा प्रणालीका लागि निरन्तर आवाज उठाउँदै आएको जानकारी गराएको छ ।

प्रेस विज्ञप्ती जारी गर्दै ‘क्रान्तिकारी’ले यो प्रक्रियामा जस्तोसुकै चुनौतीहरुको सामना गर्ने जनाउँदै बर्दिया जिल्ला संगठन समितिले भर्खरै सम्पन्न गरेको बैठकले विभिन्न निर्णयहरु गरेको जनाएको छ । बर्दिया जिल्ला संगठन समितिले भर्खरै सम्पन्न गरेको बैठकले बबई बहुमुखी क्याम्पसमा भइरहेको अनियमितताको विषयमा संघर्ष गर्ने निर्णय गरेको छ ।

त्यस्तै निजी शैक्षिक संस्थाहरुको मनपरी शुल्क असुली, सरकारी विद्यालयहरुमा असुल भइरहेको शुल्क, सिटीईभिटीका शैक्षिक संस्थाहरुमा नियम विपरित लिइने शुल्कको विरुद्धमा संघष गर्ने निर्णय गरेको छ । साथै, यातायातमा विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत छुटका लागि, सीमानामा हुने भारतीय हस्तक्षेप लगाएतका विषयमा संघर्ष गर्ने निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति १८ भाद्र २०७६, बुधबार १२:५१
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस