ब्रेकिङ्ग: प्रधानमन्त्रीबाट ओलीले राजिनामा, नयाँ प्रधानमन्त्रीमा प्रचण्ड

प्रधानमन्त्रीबाट ओलीले राजिनामा दिने, नयाँ प्रधानमन्त्रीमा प्रचण्ड !

काठमाण्डौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र अध्यक्षद्वय केपी शर्मा ‌ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बढ्दाे हिमचिमपछि आफूहरुबीच एकताताका भएको चार बुँदे सहमतिलाई अनुमाेदनका लागि केन्द्रीय सचिवालयमा पेश गर्न उनीहरु सहमत भएका छन्। पार्टी उच्च स्राेतका अनुसार केन्द्रीय सचिवालयले उक्त सहमतिलाई अनुमाेदन गरेपछि त्यसले संस्थागत निर्णयकाे हैसियत हासिल गर्नेछ।

र, पूर्व सहमति अनुसार साढे दुई वर्षकाे सत्ताकाे नेतृत्व दाहाललाई हस्तान्तरण गर्न ओली बाध्य हुनेछन्। अर्थात २०७४ चैत्र पहिलाे सातामा सत्ताकाे नेतृत्व लिएका ओलीले २०७७ भदाैसम्ममा दाहाललाई सरकारकाे नेतृत्व हस्तान्तरण गर्नु पर्नेछ। पार्टी भित्र लगातार आफूविरुद्ध समिकरण बन्न थालेपछि पछिल्लाे पटक सिंगापुर स्वास्थ्य उपचारका लागि प्रस्थान गर्नु अघि माधव नेपाललाई एक्ल्याउने र प्रचण्ड लगायत अरु प्रभावशाली नेताहरुलाई खुशी पार्ने नीति ओलीले अपनाएका थिए।

उच्च स्राेतका अनुसार ओलीले दाहालसँग खुलेरै माधव नेपाल या अरु कसैसँग कुनै नयाँ समिकरण नबनाउन आग्रह गर्दै पुरानाे सहमतिलाई संस्थागत हैसियत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। त्यही अनुसार प्रधानमन्त्रीमा ‘आलाेपालाे’ सहमति अनुमाेदनका लागि केन्दीय सचिवालयमा राखिने भएकाे हाे, ओली सिंगापुरबाट फर्कीए पछि। पार्टीकाे महाधिवेशन त्यसअघि नै सम्पन्न हुन नसके प्रधानमन्त्री पद दाहाललाई बुझाएपछि पनि महाधिवेशनसम्म पार्टी नेतृत्वमा दुवै अध्यक्षकाे व्यवस्था कायम रहने पनि स्राेतकाे भनाई छ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा बेचैनी सुरु हुनु लोकतन्त्रका लागि खतरा भएको बताएका छन् । जनताले छिटोभन्दा छिटो देशले विकासको गति लेओस् भन्ने चाहेको उनको भनाइ छ । ‘यदि देशले विकासको गति लिएन भने जनतामा बेचैनी बढ्ने खतरा देखिएको छ,’ प्रचण्डले भने।

बुधबार चितवनमा आयोजित ‘भरतपुर विमानस्थल विकास एवं सुधार’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनतामा बेचैनी सुरु हुँदा अराजकता र अन्यौलताले प्रश्रय पाउने बताए । ‘फेरी पनि अराजकता र अन्यौलता यो देशले थाम्न सक्दैन,’ उनले भने, ‘जनतालाई समाजवाद उन्मुख राज्यको प्रत्याभूति दिन सक्नुपर्छ, अब एक्सनमा जानुपर्छ ।’

केही तत्वले जनतालाई भ्रम पार्न र विकासको विरोधमा लागि परेको उनको दाबी छ । ‘हामीले जे गरेका छौं चाहे त्यो रिङ रोडको कुरा होस्, चाहे नारायणीमा जहाज चलाउने कुरा होस्, चाहे राष्ट्रिय निकुन्जभित्रका संरचनाको कुरो होस्, चाहे केरुङदेखि ठोरीसम्मको बाटो विस्तारको कुरा होस्, चाहे रेलवे ल्याउने कुरा होस् सबै काम विकासका नै छन्,’ प्रचण्डले भने, ‘म फेरि पनि भन्छु हामी एक्सनमा जान चाहेका छौं।’ उनले चितवनलाई नयाँ मोडेलको रुपमा विकास गर्न खोजेको भन्दै केही तत्वहरु जनतालाई भ्रम पार्न र विकासको विरोधमा लागि परेको आरोप लगाए ।

‘काठमाडौंको वैकल्पिक विमानस्थलको रुपमा भरतपुर विमानस्थलको विस्तार गर्नुपर्छ’ उनले भने’, ‘नवलपरासी, मकवानपुर, तनहुँ, गोरखा र धादिङको केन्द्र पनि भरतपुर हो ।’ उनले मेघौली विमानस्थललाई वैकल्पिकरुपमा राखेर पूर्वाधार विकास गर्दै लैजानुपर्ने धारणा राखे ।

अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थल जोखिमयुक्त हुँदै गएको महसुस आफूले गरेको भन्दै सुधार गर्ने र वैकल्पिक बारेमा तत्काल कदम चालिने प्रतिबद्धता जनाए । उनले भने, ‘पर्यटन मन्त्रालयको राष्ट्रिय कार्ययोजनामा भरतपुर विमानस्थललाई पारेकोमा म पर्यटन मन्त्रीलाई धन्यबाद दिन चाहान्छु, अब बैठक बस्ने होइन एक्सनमा जाने बेला हो ।’ उनले एकहप्ता भित्र रक्षा मन्त्री, प्रधानसेनापति र पर्यटनमन्त्री सहितको बैठक आब्हान गर्ने प्रतिबद्धता जनाए ।

उनले भरतपुर विमानस्थल विस्तारका लागि रक्षामन्त्री र प्रधानसेनापति पनि सकरात्मक रहेको धारणा राखे । भरतपुरमा भएको सर्वपक्षीय छलफलबाट भरतपुर विमानस्थलको विस्तारका लागि कसरी अघि बढ्ने भन्ने आधार तयार भएको प्रचण्डको बिश्वास छ । त्यस्तै बुधबार नै प्रचण्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग फिल्ड कार्यालय चितवनको उद्घाटन समेत गरेका छन् । उक्त कार्यक्रममा बोल्दै उनले सुशासन, विकास र सुरक्षा सबै दृष्टिकोणले राष्ट्रिय परिचयपत्रको दीर्घकालीन रणनैतिक महत्व रहेको बताए ।

राष्ट्रिय परिचयपत्र नहुँदा नागरिकले समस्या झेल्नु परेको भन्दै उमले परिचयपत्र निर्माण गर्ने र वितरण गर्ने विषयमा दलहरु तथा सरकारका बीचमा पनि छलफल हुँदै आएको बताए । उनले भने, “अन्ततः आवश्यक प्रक्रिया पूरा गरी राष्ट्रिय परिचयपत्र वितरणको काम शुरु भएको छ ।” ऐनका सम्बन्धमा प्रतिनिधिसभाले पास गरेर राष्ट्रियसभामा पुगेकाले त्यहाँबाट पनि पारित हुने विश्वास पनि उनले दिलाए ।

 

प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार १४:२६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस