मेरो आँखाको नानी, मुटुको टुक्रा छोरी हराईन : देख्नेसम्म पुर्याउन सेयर गरिदिनुहोला : स्मृति आमा

काठमाडौ । पछिल्ला दिनहरुमा नेपालमा बालिबालिका हराउने क्रम बढ्दै गएको छ । बिहान स्कुल गएका सन्तान बेलुकासम्म घर आउँछन कि आउँदैनन् भन्ने पिर हरेक आमाबाबुलाई हुन थालेको छ । यो बीचमा एक बालिका आँगनमा सुतिरहेको अवस्थामा नै हराएकी छिन् ।चितवन जिल्ला भरतपुर–५ कैलाश नगरमा बस्ने ६ वर्षीया बालिका स्मृति कार्की हिजोदेखि हराइरहेको हुँदा परिवारले खोजि गरिदीनको लागि अपिल गरेको छ ।

यही भदौ १९ गते (हिजो) बेलुका आँगनमा सुतिरहेको अवस्थामा हराएको परिवारले जनाएको छ ।बालिकाको रंग गोरो वस्त्र हाफ गन्जी र हरियो कट्टु लगाएको बताइएको छ । देख्नुभएका महानुभावले नजिकैको प्रहरी कार्यालय वा तल दिइएका नम्बरहरुमा सम्पर्क गर्नसक्नुहुनेछ । ९८४५१५२३१३, ९८४५३६३४२५, ९८२३१३३०५४

प्रकाशित मिति २१ भाद्र २०७६, शनिबार ०९:१६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस