हास्य कलाकार हरिवंश आचार्य परिवार सहित ‘मुन्द्रेको कमेडी क्लब’मा / हेर्नुहोस् भिडियो

काठमान्डौ , चर्चित कार्यक्रम मुन्द्रेको कमेडीमा हास्य कलाकार हरिबंश आचर्य परिवार सहित आएका छन् । नेपाल टेलिभिजनबाट हरेक सोमबार राती ८:५० मा प्रशारण हुने कार्यक्रम मुन्द्रेको कमेडीमा हरिबंश आचर्य र रमिला आचर्य पाहुनाको रुपमा आएक हुन् । मुन्द्रेको कमेडी क्लबका दर्शकहरुले हरिवंशलाई अत्याधिक खोजेका थिए । मुन्द्रेको कमेडीमा पनि हरिबंशले दर्शकहरु लाई पेट मिचिमिची हसाएका छन् । पाँच दिदी जन्मेपछि घरमा ‘हरिवंश पुराण’ लगाएर जन्मिएका आचार्यको नाम त्यही पुराणकै नामबाट लिएको हो । तर उनको न्वारानको नाम ‘छत्रनाथ’ हो ।

सुरुमा रंगमञ्चमा मात्र देखिएका आचार्य २०३८ सालपछि ‘मह’ जोडीका रूपमा मदनकृष्ण श्रेष्ठसँग रंगमञ्च, टेलिभिजन, ठूलो र सानो पर्दाका चलचित्रमा उदाउनुभयो । ‘पन्ध्रगते’, ‘दसैँ’, ‘वनपाले’, ‘कान्तिपुर’, ‘लक्ष्मी’, ‘सुर-बेसुर’ जस्ता २५ टेलिचलचित्रमा एवं ‘यमलोक’, ‘विज्ञापन’, ‘दुई सय पाँच’, ‘बोसे आन्द्रेई भुँडी’ लगायत ३२ नाटकको लेखन, निर्देशन र अभियन गर्नुभएको छ । ‘बलिदान’, ‘के घर के डेरा’, ‘लोभी पापी’, ‘सिन्दूर’, ‘फिलिम’ आदि १५ चलचित्रमा उहाँले अभिनय गरेकाक छन् ।

भिडियो

प्रकाशित मिति २४ भाद्र २०७६, मंगलवार ०७:३८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस