यस्तो बन्यो ‘छ माया छपक्कै’ / भिडियो हेर्नुहोस

दिपक दिपाको टिम र रोहित अधिकारीको सहकार्यमा निर्मित चलचित्र छ माया छपक्कै अहिले प्रमोसनलाई तिब्र रुपमा लाने तयारी गरिरहेको छ । चलचित्रको पहिलो गित ‘जुनको जुनेली’ बाट राम्रो प्रतिक्रिया पाए संगै अहिले दोश्रो गितको तयारी गरिरहेको छ । बुझिए अनुसार चलचित्रको लागि दुर्गेश थापाले एउटा रकपप गित तयार गरेका छन् र उक्त गितको भर्खरै शुटीङ्ग सकिएको छ । यस गितलाई फरक तरिकाले शुटिङ्ग गरिएको छ र कलाकारहरु पनि उक्त भिडियोमा फरक रुपमा प्रस्तुत भएका छन् ।

छ माया छपक्कै को पहिलो गीत जुनको जुनेलीको रिलिजको बेला दुर्गेश थापाले शुभकामना दिदै सर्प्राईज छ भन्दै चलचित्रका टिमसंगको एउटा तस्बिर पोष्ट गरेका थिए जसले गर्दा दुर्गेशले प्रमोसन गित चलचित्रमा समावेश गरिएको छ भन्ने अनुमान लाउन सकिन्छ । त्यस्तै दुर्गेश थापाको भर्खरै रिलिज भएको गितको अगाडि छ माया छपक्कैको पोष्टर सहित प्रचार पनि गरिएकोले चलचित्र संग दुर्गेशको सहकार्य पक्कै छ भन्न सकिन्छ ।

भर्खरै बाहिरिएको एक तस्बिर जसमा दिपकराज गिरि र केकी अधिकारीलाइ रकपप गित गाउदै गर्दाको शट देखिन्छ र भिडियोको नेचर हेर्दा दुर्गेश थापाका गितहरु कै फिल दिन्छ जसले गर्दा अनुमान लाउन सकिन्छ कि छ माया छपक्कैको दोश्रो गितमा दुर्गेश थापा सहित दिपक केकी सहित चलचित्रका अन्य कलाकार हरुको डान्स हेर्न पाईन्छ । यस बारे चलचित्रको टिमले सर्प्राईज कै रुपमा राख्न खोजेका छन् ।

निर्माता रोहित अधिकारीले पोष्ट गरेको तस्बिरमा दिपक र केकी रकपप गितमा अभिनय गरेको देखिन्छ । दिपक र केकीको पहिरणले पनि त्यहि भाव दिन्छ । छ माया छपक्कै असोज २४ मा रिलिज हुदैछ । चलचित्रले प्रचार प्रसारलाई अर्को महिना देखि तिब्र रुपमा लाने गरि योजना बनाईरहेको छ । छ माया छपक्कै लाई  दिपेन्द्र लामाले निर्देशन गरेका हुन् भने दिपक दिपाको टिम सहित रोहित अधिकारीले निर्माण गरेका हुन् ।

प्रकाशित मिति ३१ भाद्र २०७६, मंगलवार ०९:०२
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस