लमजुङ केन्द्रबिन्दु भएर ठूलो भूकम्पको धक्का हजारौ आ*हात / भिडियो

काठमाडौं । आज बिहान ९ बजेर ५३ मिनेट गएकाे समयमा लमजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव ५ म्याग्नेच्यूटको भूकम्प गएको हो ।

यो भूकम्प २०७२ बैशाख १२ गते गएको महाभुकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार :   सुदूरपश्चिम प्रदेशमा भुकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार सोमबार राति सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भुकम्प गएको हो । भुकम्प नेपाल भारत सीमाक्षेत्र सुवा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको गएको बताइएको छ । सोमबार राति ८ बजेर १८ मिनेटमा गएको उक्त भुकम्पले स्थानिय एकछिन त्रसित बनेका थिए । भुकम्प सुदूरपश्चिम प्रदेशका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरा लगायतका जिल्लाहरुमा महसुस गरिएको जनाइएको छ

अन्य समाचार 

बिहान ४ बजेबाट सुरु हुन्छ पूजा गुरुङ्गको दैनिकी । उनले घरमा बुंगुर पनि पालेकी छन् । बिहान ४ बजे उठेपछि उनी बुंगुरलाई दानापानी गरेर पिक भ्यान लिएर नारायणगढको सब्जीमण्डी पुग्छिन् । त्यसपछि दिनभरी तरकारी बेचेर उनी राती अबेर १० बजे फेरी घर पुग्छिन् ।

पूजा आँफैले गाडी चलाउँछिन् । उनको आफ्नै गाडी छ । गाडी लोड भएको तरकारी उनको नारायणगढ मुग्लिन सडकखण्डमा बिक्री हुन्छ । सडक छेउका स्थानीयले उनको तरकारी खरिद गर्छन् । आँफैले गाडी चलाएर गाडीमा तरकारी बेच्ने भएकाले उनलाई नारायणगढ मुग्लिन सडकखण्डका सबैले उनलाई चिन्छन् ।

तरकारी बेच्न भन्दा पहिला पूजाको पेशा घरेलु मदिरा उत्पादन थियो । उनले लामो समय मदिरा आँफैले उत्पादन गरेर बेचिन् । पछि प्रहरी प्रशासनको डर र दुख धेरै भएपछि उनी तरकारी बेच्न थालेकी हुन् । ‘पहिला यहि ठाउँमा साईकलमा बेचेको हो तरीकारी’ उनले भनिन्, ‘अहिले गाडीमा बेच्ने थालेको छु, रमाईलो नै भइरहेको छ ।’

दैनिक १५ देखि २० हजारसम्मको तरकारी उनले सडकमै बेच्छिन् । छोराछोरीलाई राम्रो स्कलुमा पढाएकी छन् भने अन्य आधारभुत आवश्यकता सजिलै पुरा भएको छ । व्यापारले पूजालाई साथ दिएपनि पारिवारिक सुख भने मिलेको छैन । ‘कान्छि लिएर श्रीमान छेट्टै बसेका छन्’ हामीसँग कुरा गर्दै उनले भनिन्, ‘बरु कान्छी लिएर घर आउनु, मिलेर बसौला ।’

प्रकाशित मिति ३१ भाद्र २०७६, मंगलवार १४:००
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस