भिडियोमा हेर्नुहोस। तिनकुनेको मुख्य सडकमा गुजुल्टो बनाएर टाँगिएको तार जलेर यसरी अगो फैलिँदै

तिन्कुने काठमाडौ काठमाडौंको तीनकुने गैरीगाउँस्थित मुख्य सडकमा तार सप्लाई गरेको पोलमा शुक्रबार बिहान एक्कासी आगलागी भएको छ । विद्युत सर्ट भएर आगो लाग्दा विद्युत, टेलिफोन, इन्टरनेटका तारहरु जलेका छन् । बिजुलीका तारसँग अन्य तार पनि अव्यवस्थित तरिकाले टाँग्दा ठूलो दुर्घटना निम्तिन सक्ने यो घटनाले देखाएको छ । आगलागीबाट तार जलेपछि त्यस आसपास विद्युत, इन्टरनेट, टेलिफोन सेवा अवरुद्ध भएको छ ।

काठमाडौंको तीनकुने गैरीगाउँस्थित मुख्य सडकमा गुजुल्टो बनाएर टाँगिएको तार जलेर अगो फैलिँदै धेरै नाेक्सान भएकाे प्रहरीले जनाएकाे छ । स्थानीयले पानी हाली आगो फैलिनबाट धेरै काेसिस गरेर रोकेका थिए तर याे सम्भव भएन् । केही समयपछि दमकल आएर आगो निभायो । आगो फैलिएर ठूलो क्षति हुनबाट जोगियो ।

भिडियो 

प्रकाशित मिति ३ आश्विन २०७६, शुक्रबार ११:१४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस