हेर्नुहोस। ‘छ माया छपक्कै’ को बबाल ट्रेलर (भिडियो)

चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो । दीपक र केकीका अलावा, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर वाङदेल, अनुराग कुवँर, बुद्धि तामाङ, जितु नेपाल, केदार घिमिरे, रजनी गुरुङ लगायतका कलाकारले अभिनय रहेकाे छ ।

चलचित्र दशैँको अवसर पारेर यही असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा राजनीति र प्रेमको समिश्रण देख्न सकिन्छ । चलचित्रमा दीपकराज गिरी र केकी अधिकारी प्रेममा भएको देखाइएको छ ।

भिडियो 

प्रकाशित मिति ३ आश्विन २०७६, शुक्रबार १७:१६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस