एकाएक प्रधानमन्त्री ओलीले यस्तो काम गरेपछि च*कित परे गौतम, यसो भने गौतमले

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले वामदेव गौतमलाई चकित तुल्याइदिएका छन् ।ललितपुरको सैंबुमा सोमबार आयोजित कार्यक्रमाम सहभागी हुन पुगेका ओली अकस्मात गौतमको निवासमा प्रवेश गरेपछि धेरैले आश्चर्य व्यक्त गरे ।

गौतमले पनि स्वयं पूर्वजानकारी नगराइकन प्रधानमन्त्री ओली आएको भन्दै आश्चर्य व्यक्त गरे । गौतमले ‘तपाई बेलाबेला यसै गरी जानकारी नै नदिइकन आउनु हुन्छ’ भनेर ठट्टा गरेका थिए ।तीन–चार महिना अगाडिसम्म ओली र गौतमबीचको सम्बन्ध तिक्ततापूर्ण थियो । पछिल्लो समय ओली–गौतमको हिमचिम निकै छ । नेकपाभित्र ओली–गौतमको सम्बन्धलाई लिएर धेरैले आश्चर्य व्यक्त गर्ने गरेका छन् ।ललितपुरको भैँसेपाटीको आवास क्षेत्रमा गौतमको भव्य भवन छ ।

प्रधानमन्त्री ओली केही समय गौतमको निवासमा बसेका थिए । त्यसपछि ओलीसहितका नेकपाका नेताहरूले सामूहिक तस्वीर खिचाएका थिए । गौतमको निवासमा प्रधानमन्त्रीसँगै उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका महासचिव विष्णु पौडेल लगायतको उपस्थिति रहेको थियो । दैनिक नेपालबाट लिइएको ।

प्रकाशित मिति १४ आश्विन २०७६, मंगलवार ०८:५९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस