प्रमोद खेरेलको “ज्यानमाया”मा अन्जली अधिकारी बेजोड अभिनय-हेर्नुहोस (भिडियो सहित)

काठमाण्डौंद भ्वाइसका कोच एबम लोकप्रिय गायक प्रमोद खरेललको नयाँ गीत “ज्यानमाया” बजारमा आएको छ। म्युजिक भिडियो सहित सार्वजनिक गरिएको “ज्यानमाया”मा अन्जली अधिकारी प्रमोदकी “ज्यानमाया” बनेकी छन्।

दसैंको पुर्वसन्ध्यामा सार्वजनिक भएको यस गीतले दसैंको माहोललाई रमाइलो र बिशेष बनाउने विश्वास गायक खरेलको छ। लोकाधुनिक शैलीको यो गीत उनका अघिल्ला गीतहरू जस्तै नाच्ने नचाउने डान्सिङ प्याटर्नको गीत हो। चाडबाडमा नाच्ने गाउने माहोल हुने भएकोले यस्ता गीतहरूको माग बढी हुने गायक खरेल बताउँछन्।

“ज्यानमाया”मा शब्द संगै संगीत पनि नृपेश उप्रेतीको रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुबेदीले गरेका हुन्। ज्यानमायाको म्युजिक भिडियोमा अन्जली अधिकारीको साथमा हिमांशु कार्की पनि देखिएकाछन्। पछिल्लो समय अन्जलीको चर्चा “गलबन्दी” गीतमा कारण निकै चुलिएको छ भने हिमांशु टिकटक स्टार

हुन्।

म्युजिक भिडियोको अन्त्यमा स्वयं गायक प्रमोद खरेल पनि देखिएका छन्। प्रबिन थापाको निर्देशनमा बनेको “ज्यानमाया”को भिडियोलाई, बासु बरालको छायांकन गरेका हुन् भने शक्ति प्रज्वल घिमिरेले सम्पादन र कलरिङ। खुशी इन्टरटेनमेन्टको प्रस्तुति “ज्यानमाया” ह्वाइट मिडियाले निर्माण तथा उत्पादन गरेको हो।

भिडियो 

प्रकाशित मिति १४ आश्विन २०७६, मंगलवार १२:२२
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस