“बाबा”,”बाबा” भन्दै रुँ‘दै गरेको अवस्थामा अ‘लपत्र बालक सातदोबाटोमा भेटियो !

काठमाडौँ – बिहीवार ललितपुरको सातदोबाटोमा एक बालक अ‘लपत्र अ‘वस्थामा फे‘ला परेका छन्। ललितपुर सातदोबाटोमा रहेको सेल्सबेरी डिपार्टमेन्टलस्टोर अगाडी परिचय खु‘ल्न नसेका एक बालक फे‘ला परेका हुन्। बालकको उमेर अन्दाजी ४-५ वर्ष रहेको छ। “बाबा”,”बाबा” भन्दै रुँदै गरेको अवस्थामा फे‘ला परेका ती बालक सातदोबाटो प्रहरीलाई जि‘म्मा लगाइसकिएको छ ।बालकलाई चिन्ने जो-कोहिले नजिकैको प्रहरी कार्यालय अथवा सम्पर्क नम्बर ९८४४१७५३४९मा सम्पर्क गर्न आ‘ग्रह गरिएको छ।

त्यस्तै उता सुर्खेत प्रहरीले जु‘वा खेल्दै गरेको अ‘वस्थामा १४ जनालाई पक्राउ गर्नुका साथै रु दुई लाख भन्दा बढी नगद ब‘रामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकाबाट सात÷सातजनालाई पक्राउ गरिएको हो ।इला का प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले विजयादशमीको अघिल्लो दिन भेरीगङ्गा नगरपालिका–११ को काठेघारी सामुदायिक वन क्षेत्रबाट रु एक लाख ९१ हजार ५९५ नगदसहित सात जनालाई पक्राउ गरेको जानकारी दिनुभयो । प्रहरीले वीरेन्द्रनगरबाट रु २५ हजार ४५० नगदसहित सात जनालाई पक्राउ गरेको छ ।

उहाँका अनुसार भेरीगङ्गा नगरपालिका–१२ का कर्णबहादुर चन्द, दीपक थापा, भेरीगङ्गा–२ का दीपक वली,–४ का भानु खड्का, वीरेन्द्रनगर नगरपालिका–६ का सन्दीप श्रेष्ठ, वीरेन्द्रनगर–१० का धीरज अधिकारी र–११ का चिरञ्जीवी वली पक्राउ परेका छन् ।वीरेन्द्र नगर–१० का चेत भट्टराई, लोकबहादुर ठाडा, खगेन्द्र शाही,वीरेन्द्रनगर–३ का भोजकुमार डाँगी, दीपेन्द्र गिरी, वीरेन्द्रनगर–५ का दिल पुलामी र अम्मर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता रवी रावलले जानकारी दिनुभयो । पक्राउ परेकाको अ‘दा लत बाट म्या‘द थ‘प गरी अनुसन्धान गरिरहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति २५ आश्विन २०७६, शनिबार ०९:४३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस